भट्टराई र राजथारुसहित सम्मानित

म्यूजिक खबर
प्रकाशित: ३० भाद्र २०७०, आईतवार

चलचित्र पत्रकारितामा निरन्तर लागिरहेका पत्रकार कृष्ण भट्टराई र दिपेश राजथारुलाई कलाकार संघले आफ्नो १२ औं साधारणसभाको अवसर पारेर ‘नेपाल चलचित्र कलाकार संघ पत्रकारिता सम्मान २०७०’ बाट पुरस्कृत गरेको छ । लामो समयदेखि कान्तिपुर पब्लिकेसनको साप्ताहिकमा कार्यरत रहेका भट्टराई र डिसी नेपाल डटकममा कार्यरत रहेका राजथारुले रङ्ग पत्रकारितामा पु¥याएको योगदानको कदर गर्दै उनीहरुलाई कलाकार संघले सम्मान गरेको हो ।

dipesh raj tharu
त्यस्तै संघले ५१ हजार १ रुपैया“ राशीको ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार २०७०’ बाट अभिनेता कृष्ण मल्ललाई र १५ हजार १ रुपैया“ राशीको ‘नेपाल चलचित्र कलाकार संघ शान्ति मास्के पुरस्कार २०७०’ बाट कलाकार मिथिला शर्मालाई पुरस्कृत गरेको छ । त्यस्तै सगरमाथाको सफल आरोहण गर्ने नायक अर्जुन कार्की र नायिका निशा अधिकारीलाई ‘नेपाल चलचित्र कलाकार संघ विशेष सम्मान २०७०’ बाट सम्मानित गरेको छ ।  त्यस्तै ‘नेपाल चलचित्र कलाकार संघ नवप्रतिभा सम्मान २०७०’ चर्चित हाँस्य कलाकार विल्सनविक्रम राईलाई र ‘नेपाल चलचित्र कलाकार संघ सेवा सम्मान’ बाट कलाकार राजाराम पौडेल, सुशील पोखरेल र श्रीराम पुडासैनीलाई सम्मानित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको हातबाट सम्मान र पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रम संघका अध्यक्ष नवल खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।

13091447IMG_5449

 

13091447IMG_5585

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु