भद्रकला र सुरेशको नयाँ प्रोजेक्ट

म्यूजिक खबर
प्रकाशित: १३ कार्तिक २०७०, बुधबार

गीतकार भद्रकला राई र संगीतकार सुरेश अधिकारीको नयाँ प्रोजेक्टको काम सुरु भएको छ । राईको एकल शब्द रचना र अधिकारीको एकल संगीत रहने यस एल्बमको हाल संगीत र एरेन्जको सम्पूर्ण कार्य सकाएर रेकर्डिङको तयारीमा रहेको छ । सुगम संगीतका ६ वटा गीतहरु समावेश हुने यस एल्बमलाई मेरो संगीतले पहिलो प्रस्तुतिका रुपमा बजारमा ल्याउन लागेको हो । कार्तिक २५ लाई विमोचनको मिति तय गरेको यस गीतिसंग्रह निकै आशावादी प्रोजेक्टको रुपमा रहेको संगीतकार अधिकारीको दाबी छ । अहिलेसम्म गरेका सबै संगीत राम्रा छन् तर पनि यस एल्बम भद्रकला र मेरो संगीतको नै पहिलो प्रस्तुतिका रुपमा आउने हुँदा अझ आशावादी रुपमा रहेको अधिकारीले बताए । पूर्वपश्चिम सबै क्षेत्रका स्रोताहरुलाई लक्षित गरेर बजारमा ल्याउन लागेको यस एल्बममा सुगम संगीतका शब्दहरु रहको गीतका भद्रकलाले बताइन् । उनले आफ्नो गीत लेखनको यात्रालाई अब अडियो भिडियोमा पनि उतार्ने कोशिस गरेको बताइन् । उनीहरुका अनुसार अधिकारी र राईको यो मेघा प्रोजेक्ट हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु