भन्छौ तिम्ले कान्छु सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २१ आश्विन २०७०, सोमबार

लोकदोहोरी गीतिसंग्रह भन्छौ तिम्ले कान्छुको शनिबार तनहुँको सभागृहमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लोक गायक कृष्ण थापा, विशिष्ठ अतिथि म्यूजिक खबर डटकमका अध्यक्ष सुमन बैरागी, एल्बमका कलाकारहरु तारादेवी थापा, सीतामाया गुरुङ र अर्जुन नेपालीले संयुक्त रुपमा गीतिसंग्रह भन्छौ तिम्ले कान्छुको सार्वजनिक गरिएको हो । विहानी सांगीतिक समूहको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय लोकदोहोरी क्षेत्रका अतिथिहरुको बाक्लो जमघट रहेको थियो । विहानी सांगीतिक समूह नेपालका अध्यक्ष हरिबहादुर महतको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै लोकदोहोरी क्षेत्रमा क्रियाशील रहेको कृष्ण थापा तनहुँकै स्रष्टा भएको कारण उहाँलाई प्रमुख अतिथि बनाउन पाएकोमा तनहुँका कलाकारहरुमा निकै हौसला मिलेको गायिका तारादेवी थापाले बताएकी थिइन् । लोकदोहोरीमा आफूहरुले मेहनतका साथ एउटा गीतिसंग्रह बजारमा ल्याउन सफल भएकोमा धेरै क्षेत्रबाट हौसला मिलेको बताएकी थिइन् ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि कृष्ण थापाले आफ्नो गृहजिल्लाले आफूलाई सधैं सम्झिरहेको भए पनि समयका बाबजुद आफूले जिल्लामा उपस्थिति जनाउन नसकेको बताउँदै यस कार्यक्रमले तनहुँबासीबीच फेरि एकफेर मलाई सम्मान गरेको बताएका थिए । गायक थापाले लोकगायनको क्षेत्रबाट आफूले केह ीगर्न नसके पनि अब आउने पुस्ताले केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ आफू तनहुँ आइपुगेको बताएका थिए । एल्बम ‘भन्छौ तिम्ले कान्छु’ ले सफलता पाओस् भन्ने शुभकामना दिँदै गायक थापाले आगामी दिनमा गायिका तारादेवी थापा, सीतामाया गुरुङ र अर्जुन नेपालीले अझ उत्कृष्ट गीतहरु बजारमा ल्याउन आग्रह गरे ।

taradevi
कार्यक्रममा स्थानीयस्तरमा रहेकर लोक कलासंस्कृतिमा लागिपरेका चार स्रष्टाहरुलाई पनि सम्मान गरिएको थियो । चुट्काका गुरु हिरासिंह थापा, सोरठीका गुरु केशरबहादुर थापा, पाउदुरे भाकाका गुरु मनबहादुर थापा र सन्तुमाया गुरुङलाई विहानी सांगीतिक समूह नेपालले एल्बम विमोचन कार्यक्रमको अवसर पारेर सम्मान गरेको थियो ।
कार्यक्रमका सभापति हरिबहादुर महतले आफ्नो गृहजिल्लामा आफूले स्रष्टाहरुलाई सम्मान गर्न पाएको खुशी व्यक्त गर्दै मौलिक कला संस्कृतिको क्षेत्रमा उहाँहरुले पु¥याएको योगदानको चर्चा गरेका थिए । त्यसैगरी महतले तनहुँकै स्रष्टाहरुको गीतिसंग्रहलाई तनहुँमै विमोचन गर्न पाउनु सखद् क्षण भएको बताउँदै लोकदोहोरीको क्षेत्रमा लाग्ने कलाकारहरुले यस्ता कुराहरुलाई मूल्यांकन गर्दै अगाडि बढ्नुपर्ने बताए । महतले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक एवं विकासका कार्यमा लाग्द स्रष्टाहरुलाई सुझाव दिएका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
विमोचन गरिएको उक्त एल्बममा तारादेवी थापा, सीतामाया गुरुङ, कुलेन्द्र वि.क. र अर्जुन नेपालीको स्वर रहेको छ भने हरिबहादुर महत र सन्तोष बगरको शब्द रहेको छ । त्यस्तै लय भने सन्तोष बगरको रहेको छ । एल्बमभित्र भन्छौ तिम्ले कान्छु, ज्योतिषले हात हेराउँदा लगायतका ६ वटा गीतहरु समावेश गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु