भारतीय युवा संगीतकार करणद्वारा आत्महत्या

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७४, सोमबार

भारतीय संगीतकार २९ वर्षिय करन जोसेफले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार उनले मुम्बईको बान्द्रास्थित बाह्र तल्ले भवनबाट हामफालेर आत्महत्या गरेका हुन्।

ऋषि शाह नामक एक साथिसँग बस्दै आएका २९ वर्षिय करन केही समयदेखि डिप्रेसनमा रहेको बताइएको छ। शनिबार आफ्ना साथीहरुसँग बसेर टिभी हेरिरहेको बेला अचानक करन उठेर झ्यालतिर गएका र त्यहाँबाट हामफालेको शाहले बताएका छन्। ठूलो आवाज सुनेर हेर्न जाँदा करन भुइँमा रगताम्मे लडिरहेको उनको भनाई छ।

त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए र तत्काल करनलाई अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषणा गरियो।

प्रहरीले उनको आत्महत्यामा कुनै सुसाइड नोट भेटेका छैनन् भने यस विषयमा अनुसन्धान जारी छ।

-एजेन्सी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु