भोलीबाट देशभरका ८० हलमा ‘लम्फू’

म्यूजिक खबर
प्रकाशित: २७ बैशाख २०७५, बिहीबार

वैशाख २७, काठमाडौं ।  भोली शुक्रबार रिलिज हुने चलचित्र ‘लम्फू’ देशभरका ८० हलमा रिलीज हुने भएको छ । राजधानी तथा मोफसलका मल्टिप्लेक्ससहित देशैभर चलचित्र रिलीज हुन लागेको बताईएको छ ।

लम्फूले अत्याधिक शोहरु पाएको निर्माता शक्तिबल्दभ घोरासैनीले जनाएका छन् । ‘८० हल भनेको निकै राम्रो हो, हामीले चाहेको जसरी नै शोहरु पाएका छौँ । मल्टिप्लेक्स तथा सिंगल थिएटर सबैमा दर्शकले ‘लम्फु’ हेर्न पाउनुहुनेछ’, निर्माता घोरासैनीले बताए ।

चलचित्र रिलीजको मुखमा नै आईपुग्दा आफुहरु निकै उत्साहित रहेको निर्माताको भनाई छ । चलचित्र सोचेअनुसारकै बनेकोले दर्शकले मन पराउनेमा आफुहरु विश्वस्त रहेको चलचित्र निर्माण टीमले बताएको छ ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । 

यस चलचित्रमा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । यो चलचित्रमा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ । समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको ‘लम्फू’ लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् । चलचित्रमा भूपतिको लेखन रहेको छ । 

दिपक बज्राचार्यको छायांकन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले चलचित्रमा कस्ट्युम डिजाईन गरेकी छन् । चलचित्रमा रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु