‘मगमग बासना’मा जुनु र सारिका (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २ श्रावण २०७४, सोमबार

साउन २, काठमाडौं । नेपाली महिलाको महान् पर्वको उपमा पाएको पर्व हरितालिका तीजको अर्को पाटो भनेको तीजको गीत सङ्गीत हो । यसै मेसोमा विभिन्न गायक गायिकाहरुले यतिवेला तीज गीत सार्वजनिक गरिरहेका छन् । यस्तैमा गायिका जुनु गौतमले ‘मगमग बासनामा’ लिएर आएकी छन् ।

sarika3

गीतको भिडियोमा नायिका सारिका घिमिरेले कम्मर मर्काएकी छन् । सारिकासँगै गायिका जुनु गौतमको अभिनय रहेको यस गीतलाई कमल राईले कोरियोग्राफी गरेका हुन् । शिव ढकालको छायाँकन, तारा थापाको सम्पादन रहेको भिडियोलाई विनोद विष्टले निर्देशन गरेका छन् ।
गोविन्दप्रसाद उपाध्यायको शब्द सृजना रहेको छ भने अनिश श्रेष्ठको सङ्गीत रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु