मनुताको आवाज

म्यूजिक खबर
प्रकाशित: २ मंसिर २०७१, मंगलवार

काठमाडौं । लामो समयदेखि मिडिया क्षेत्रमा आवद्ध रहँदै आएकी मनुता काम्वाङ लिम्बुले आफ्नो पहिलो एल्बम ‘आवाज’ बजारमा ल्याएकी छन् । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी मनुताले आवाजलाई सार्वजनिक गरेकी हुन् । पत्रकारदेखी गायिकाको समेत उपनाम थपेकी मनुताको पहिलो एल्बम आवाजलाई महिला अधिकारकर्मी समाजसेवी तथा शक्ति समुह नेपालकी निवर्तमान अध्यक्ष चरीमाया तामाङ, पूर्व मिस मंगोल मुुस्कान नेम्वाङ एल्बमका गायक, गायिका, संगीतकार तथा रचनाकारले विमोचन गरेका थिए । गायिका मनुताले म्युजिकको औपचारीक शिक्षा नवरस संगीत पाठशालामा संगीत गुरु डेनी निरौलासँग लिएपछि एल्बम आवाज ल्याएकी हुन् ।
एल्बममा सुन्ने थियो, यो यात्रा, टाढा टाढा, किन किन, नसालु त्यो नजरले, आएन कहिले बोलको गीतहरु समावेश गरिएको छ । ६ गीत समावेश गरिएको एल्बममा टाढा टाढा र शुन्य थियो बोलको दुई गीतको म्युजिक भिडियो पनि बजारमा ल्याइसकेकी छिन् । दुबै गीतको म्युजिक भिडियो युगल पोमोले निर्देशन गरेका हुन् । यी दुई गीतहरुमा दिया मास्के, पुजन राई र मुस्कान नेम्बाङले अभिनय गरेका छन् । रुवुशा क्रिएटिभ वर्कसले आवाजलाई बजारमा ल्याएको हो । एल्बममा राहुल प्रधान, डेनी निरौला र ताराप्रकाश लिम्बुको कम्पोज रहेको छ, भने मिना सिंगक, लिला श्रेष्ठ र उषा जवेगुको शब्द रहेको छ । एल्बमका डोयट गीतहरुमा गायक उत्तमजंग लिम्बुले साथ दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु