मन्जुलाई हार्दिक श्रद्धान्जली । शव प्रज्ञा भवनमा

म्यूजिक खबर
प्रकाशित: १७ चैत्र २०७०, सोमबार

काठमाडौं, १७ चैत । गायिका मन्जु महतको शवलाई श्रद्धान्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा ल्याइएको छ । श्रद्धान्जलीका लागि प्रतिष्ठानमा दिउँसो एक बजेसम्म राखिने गायक रमेशराज भट्टराईले बताए । श्रद्धान्जलीका लागि लोक, आधुनिक एवं चलचित्र क्षेत्रका कलाकारहरुको उपस्थिति हुने क्रम जारी रहेको छ । मन्जुको शव आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । शनिबार मृत घोषणा गरिएको उनको शवलाई आज मात्र पोष्टमार्टम गरिएर श्रद्धान्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिएको हो । गायिका मन्जुको मृत आत्माको चीर शान्तिको कामना गर्दै म्यूजिकखबर डटकम हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ साथै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु