मलेसियामा नेफ्टा अवार्ड हुने

म्यूजिक खबर
प्रकाशित: १२ पुष २०७०, शुक्रबार

क्वालालम्पुर, १२ पुस । हरेक साल नेपालमा हुँदै आइरहेको नेपाली चलचित्रकर्मीहरुसँग सम्बन्धित छैंटौं नेफ्टा अवार्ड यो साल मलेसियामा हुने भएको छ । नेपाल चलचित्र प्राविधिक संघले आगामी चाइनिज न्यू इयरको अवसर पारी सो कार्यक्रम गर्न लागेको हो । मलेसियाको सेतिया सिटी कन्भेन्सन सेन्टर, शाहआलममा हुन गइरहेको सो कार्यक्रम आगामी जनवरी ३१ तारीखका दिन हुनेछ । आयोजकले बिहीबार क्वालालम्पुरमा एक पत्रकार सम्मेलनको आयोजना गरी नेपालबाट चलचित्र प्राविधिक संघका पदाधिकारीहरु, नायक, नायिका, टेक्निसियन गरी करिब सय जनाको उपस्थिति रहने जनाएको छ । ँबचष्अज ःबलबनझभलत बलम ऋयलकगतिबतष्यल क्मल। द्यजम को व्यवस्थापनमा सम्पन्न हुन गइरहेको सो कार्यक्रममा प्रवेश गर्न चाहनुहुनेले आरएम ५५ को टिकट खरिद गरी जान पाइने पनि सो अवसरमा जानकारी गराइयो । कार्यक्रम जनवरी ३१ तारीख ११ बजेदेखि २ बजेसम्म हुनेछ । चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, उपाध्यक्ष प्रकाश, सदस्य शंकर पाण्डे र नेपाल चलचित्र क्षेत्रका चिरपरिचित खलनायकका रुपमा सुनिल थापा सहित मलेसिया आएको टोलीले आयोजना गरेको सो पत्रकार सम्मेलन सगरमाथा टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने जनाइएको छ । कार्यक्रममा अवार्ड सँगसँगै नेपाली संस्कृति झल्काउने किसिमका विभिन्न कार्यक्रमहरु हुने कार्यक्रम आयोजक कम्पनीका सुवास गिरीले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु