‘माग्ने बुढा’ले मनाउँदैछन् आज ४४ औं जन्मदिन !

म्यूजिक खबर
प्रकाशित: २८ चैत्र २०७४, बुधबार

चैत्र २८, काठमाडौं । यतिबेला नेपालका सफल कलाकारको टप लिस्टमै रहेका केदार घिमिरे (माग्ने बुढा)ले आज ४४ औँ जन्मदिन मनाउँदैछन् ।
२०५८ सालदेखि कलाकारिता शुरु गरेका केदार २०३२ सालमा जन्मिएका हुन् । ‘हिजो आजका कुरा’बाट अभिनय यात्र सुरू गरेका उनले ‘गीताञ्जली’, ‘तितो सत्य’, ‘लोकलहरी’, ‘जिरे खुर्सानी’ हुदै ‘मेरी बाँस्सै’मा आदिमा काम गरेका छन् । हँसाएर दुनियाँको मन जितेका माग्ने बुढाको जीवन संघर्षमै बितेको छ ।

हास्य टेलिश्र्रृखला ‘मेरी बास्सै’बाट नेपाली दर्शकको माझ स्थापित भएका घिमिरे कमेडी सिरियलसँगै थुप्रै चलचित्रमा पनि काम गरिसकेका छन् । उनी चलचित्र वडा नम्बर ६ र छक्का पञ्जामा उनको अभिनयको निकै चर्चित भएको थियो ।

उनले अभिनयका साथ साथै गायनमा समेत आफ्नो नाम कमाएका छन् । उनको कमेडी गीत ‘म त मन्त्रीज्यूको सालो‘’ बोलको गीत निकै लोकप्रिय भएको थियो ।

म्यूजिक खबर परिवारको तर्फबाट माग्ने बुढा (केदार घिमिरे)लाई जन्मदिनको शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु