मायामा जीवनदर्शन खोज्दै जुनु (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २८ पुष २०७४, शुक्रबार

२८ पुष, काठमाडौं । गायिका जुनु गौतमको पछिल्लो गीत मरि लानु के नै छ र ? बजारमा आएको । अब पिरतीका कुरा गर, रिसराग बन्द गर, मरि लानु के नै छ र भन्दै मायाभित्र जीवनदर्शन खोज्दै हिंडेकी छन् जुनु गौतम । जिन्दगी भनेको कर्कलाको पानी जस्तै हो, दुई दिनको घामछायाँजस्तो जिन्दगी खाली आयो खाली नै जाने हो भन्दै मायाले संसार जित्ने कुरा गीतमार्फत् प्रस्तुत गरिएको छ ।

यशोदा थापाको गीतान्जली–२ एल्बममा समावेश रहेको गीत मरि लानु के नै छ र लाई जुनुले स्वरबद्ध गरेकी हुन् । अनिश श्रेष्ठको संगीत, यशोदा थापाको शब्दमा रहेको यस गीतलाई अनिश श्रेष्ठ आफैंले म्यूजिक भिडियो निर्देशन गरेका छन् । सुदीप र जुनु आफैंले अभिनय गरेको यस गीतको म्यूजिक भिडियोलाई सुरेन्द्र श्रेष्ठले छायाँकन गरेका छन् भने रामेश्वर जिरेलले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु