मिल्यो कुरा, सोमबार मञ्जुको अत्योष्टि

म्यूजिक खबर
प्रकाशित: १६ चैत्र २०७०, आईतवार

काठमाडौं, १६ चैत । मृतक लोक गायिका मञ्जु महतको परिवारलाई उचित राहतको माग गर्दै अन्दोलन उत्रिएका लोक दोहोरी कलाकार र यातायात व्यवसायीवीच तीन बुँदे सहमति भएको छ । गत बिहीबार माइक्रो बसको ठक्करबाट घाइते भएकी मञ्जुको मृत्यु भएपछि उनको परिवारलाई राहतको माग गर्दै कलाकार आइतबार बिहानैदेखि सडकमा उत्रिएका थिए । करिब ३ घण्टाको वार्तापछि सहमति भएको हो । यातायात व्यवसायीसँग सहमतिपछि मञ्जुको शव उनका परिवार र कलाकारले बुझेको छ । राहतको विषयमा कुरा नमिलेका कारण शनिबारदेखि मञ्जुको अस्पतालमै थियो । शव बुझे पनि अत्योष्टि सोमबार मात्र गरिने उनका परिवारले जनाएको छ ।
मृतकका परिवारलाई राहतबारे सामाखुसी यातायात व्यवसायी संघ, उत्तर भेग यातायात उपसमिति तथा लोक तथा दोहोरी गीत प्रतिष्ठान र लोक दोहोरी उपत्यका समन्वयन समितिका पदाधिकारीबीच वार्ता भएको थियो हो । सो वार्तामा तीन बुँदे सहमति भएको छ । मृतकका परिवारलाई सहानुभूति स्वरुप साढे ५ लाख रुपैयाँ तत्काल उपलब्ध गराएको छ भने ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचारमा लागेको ४ लाख रुपैयाँ पनि यातायात व्यवसायीले भूक्तानी गर्ने सहमति भएको छ । साथै, विमावापत ५ लाख रुपैयाँ उपलब्ध गर्न यातायात व्यवसायीसँग मञ्जुर भएको वार्तामा सहभागी लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष तथा कलाकार चन्द्र शर्माले बताए ।
यातायात व्यवसायीका तर्फबाट सामाखुसी यातायात व्यवसायी संघका कोषाध्यक्ष शम्भु डंगोल, सचिव महेन्द्र श्रेष्ठ र डिकेन्द्र केसी तथा उत्तरभेग यातायात उपसमितिका संयोजक मीनबहादुर मानन्धर वार्तामा सहभागी थिए भने कलाकारको तर्फबाट प्रतिष्ठानका अध्यक्ष शर्मालगायत उपाध्यक्ष्य बद्री प्रगेनी, पूर्वअध्यक्ष दुर्गा रायमाझी, लोक दोहोरी उपत्यका समन्वयन समितिका अध्यक्ष शिव हमाल, पत्रकार डिबी खड्का र मृतकका परिवार सदस्य सहभागी थिए । यातायात व्यवसायीसँग राहतमा सहमति पश्चायत कलाकारले दुर्घटना भएको स्थानलाई ‘मञ्जु स्मृति मार्ग’ नामाकरण गर्नुपर्ने सरकारसँग माग गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु