मिस नेवाको ताज अलिशालाई

म्यूजिक खबर
प्रकाशित: ३ माघ २०७०, शुक्रबार

काठमाडौं, २ माघ । ‘मिस नेवा ः ११३४’ को ताज काठमाडौं मैतीदेवीकी अलिशा बज्राचार्यले चुमेकी छन् । उनले २१ प्रतिस्पर्धीलाई उछिन्दै यस वर्षको मिस नेवाः बन्न सफल भएकी हुन् । अलिशाले एक लाख रूपैयाँ बराबरको ताजसँगै २५ हजार नगद हात पारिन् ।
नेप्लिज फेसन होमको आयोजनामा बुधबार राजधानीको नेपाल प्रज्ञा भवन प्रतिष्ठानमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा अन्तिममा सोधिएको लिखित प्रश्नको उत्कृष्ट जवाफ दिएर अलिशाले उपाधि आफ्नो पोल्टामा पारेकी हुन् । उनलाई काठमाडौं महानगरपालिकाले वातावरणीय सद्भावना दूत र क्यान्सर रिलिफ सोसाइटीको सद्भावना दूतसमेत बनाउने घोषणा गरेको छ ।
‘मिस नेवाः’को यस नवौँ संस्करणमा २२ जना प्रतियोगी थिए । कार्यक्रममा फस्र्ट रनरअपको उपाधि चाकुपाट ललितपुरकी श्रद्धा शाक्यले हात पारिन् । उनले उपाधिसँगै ताज र विभिन्न उपहार तथा १५ हजार रूपैयाँ प्राप्त गरिन् । त्यस्तै, सेकेन्ड रनरअपको उपाधि काठमाडौं नयाँबानेश्वरकी तिलाशा बज्राचार्यको पोल्टामा प¥यो । बज्राचार्यले उपाधिसँगै १० हजार रूपैयाँ पाइन् । प्रतियोगितामा ‘मिस ट्यालेन्ट’ को उपाधि विजेता निलिशा तुलाधरलाई सो उपाधिसँगै युएफओबाट ५ हजार रूपैयाँ नगद पाइन् ।

miss newa
यस्तै, प्रतियोगितामा पब्लिक च्वाई तिलासा बज्राचार्य, मिस फ्रेन्डसिप अवार्ड प्रस्मिन श्रेष्ठ र मिस डिसिप्लिनको उपाधि जस्मिन महर्जनले पाए भने मिस स्किनको उपाधि हसिना प्रधानले पाइन् । प्रतियोगितामा मिस स्माइल साइका श्रेष्ठ, मिस पर्सनालिटी, तृष्णा श्रेष्ठ र मिस चार्मिकको उपाधि जेनु महर्जनले हात पारे भने मिस फोटोजेनिकको उपाधि रिया ताम्राकार र बेस्ट ड्रेसको उपाधि श्रीया शाक्यले पाएका छन् । यस्तै, मिस बेस्ट नेपाल भाषा समता बज्राचार्य र मिस बेस्ट हेयरको अवार्ड निर्मिता डंगोलले जिते ।
प्रतियोगिताको निर्णायक मण्डलमा प्राइम कमर्स बैंकका निर्देशक बज्र तुलाधर, प्रोफेसर इन्जिनियर हरिदर्शन श्रेष्ठ, डा. सुशीला वैद्य, पवित्रा बज्राचार्य, फोटोग्राफर राजभाइ सुवाल, राजेन्द्रमान शाक्य, जिवेश्वरलाल श्रेष्ठ, कैलाशमान प्रधान, पूर्वमिस नेवाः आकांक्षा बज्राचार्य र खगश रञ्जितकार थिए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु