मृगौला पीडित गायक विष्टलाई सहयोग हस्तान्तरण

म्यूजिक खबर
प्रकाशित: ८ असार २०७५, शुक्रबार

८ असार, काठमाडौं । दुवै मृगौलाले काम गर्न छाडेपछि हाल अमेरिकामा उपचारार्थ रहेका ख्यातिप्राप्त गायक ओमविक्रम विष्टलाई सहयोग हस्तान्तरण गरिएको छ ।
रिभेल इभेन्टस् र इभेन्ट म्यानेजमेन्ट बिग नाइट इभेन्टस्को आयोजनामा मिति २०७४ साल चैत्र २४ गते काठमाडौको टुंडिखेलमा खुल्ला रुपमा आयोजना गरिएको सहयोग कार्यक्रमवाट उठेको रकम हस्तान्तरण भएको हो।


ललितपुरको कुमारीपाटी स्थित T burger मा आयोजित कार्यक्रममा रिभेल इभेन्टका अध्यक्ष राजेश हमाल, उपाध्यक्ष समिर हमाल र बिग नाइट इभेन्टका अध्यक्ष कुबेर कार्कीले संयुक्त रुपमा गायक विष्टका सुपुत्र शिखरविक्रम विष्टलाई सहयोग हस्तान्तरण गरेको हो। संकलित सहयोग रकम नगद ५ लाख १० हजार हस्तान्तरण गरेको जानकारी आयोजक रिभेल इभेन्टका अध्यक्ष गायक राजेश हमालले भिजन संसारलाई बताएका छन्।रिभेल इभेन्टमा अमेरिकामा रहेकी चर्चित मोडल ऐटना कार्कीको पनि सहयोग र सहभागिता रहेको पनि हमालले भनेका छन्।


सहयोग हस्तान्तरण कार्यक्रममा पचासका दशकका ख्यातिप्राप्त गायकहरु भीम तुलाधर, संजय श्रेष्ठ, सचिन रौनियार, पुन्यम प्रधान, उदेश श्रेष्ठ, कविरमान श्रेष्ठ, समिर हमाल, अजय चौधरी, सञ्जय चौधरी, जोहेब मानन्धर, ज्योति घिमिरे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा गायिका सन्जना श्रेष्ठको पनि सहभागिता थियो। नेपालका सुप्रसिद्ध ड्रमर देव रानाको जन्मदिन पनि सरप्राइज रुपमा मनाउने कार्य आयोजकवाट भएको थियो। कार्यक्रमको संचालन केशवजंग पाण्डेले गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु