मेक्समले यसरी काठमान्डौ थकाउँदै (भिडियो हेर्नुहोस्) 

म्यूजिक खबर
प्रकाशित: २८ असार २०७४, बुधबार

असार २८, काठमाडौं । हिन्दु नारीहरु को महान पर्ब हरितालिक तीजको माहोल र चहल पहल बढे सङ्गै यतिबेला नेपाली कलाकारहरुलाई भ्याइ नभ्याइ भएको छ । यस्तै ब्यस्त हुने कलाकारमा गायक तथा सर्जक नरेश खाती क्षेत्री र मेक्सम खातीलाई पनी तीजको माहोलले छोई सकेको छ ।

भर्खर मात्र युट्युवमा तीज गीतको कोशेली “थर्कियो काठमान्डौ शहर”को म्युजिक भिडियो सार्बजनिक भएको छ ।  गोरक्ष म्युजिक प्रा.लि को प्रस्तुतिमा शरद पाण्डेको शब्द तथा नरेश खातीको लयमा मेक्सम खाती र टोक कुमारी मगरको आवाजमा थर्कियो काठमाडौं शहर नामको तीज गीत सार्वजनिक गरेका छन् ।

tij-song-MeksoM- Khati

सोही गितको भिडियो तर्फ अतिनै चर्चित निर्देशक तथा मोडल शंकर बि . सी र  अन्जली अधिकारीले अभिनय गरेका छन् भने उनै शंकर बि. सी ले निर्देशन गरेका हुन् । सोही भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने नबिन घर्ती मगरको सम्पादन रहनुको साथै कृष्ण फिल्मस् एण्ड एडभरटाइजिङ ले दृश्य निर्माण गरेको छ ।

शरद पाण्डेको शब्द सृजनामा नरेश खातीले संगीत भर्नुको साथै मेक्सम खाती र टोक कुमारी मगरको आवाजमा उक्त “थर्कियो काठमाडौं शहर” बोलको गीत बजारमा आएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु