मेरो इच्छा पुरा भयो : नीता

म्यूजिक खबर
प्रकाशित: १४ मंसिर २०७०, शुक्रबार

काठमाडौं । उर्बशी अर्थात अप्सरा बन्ने चहाना कसलाई पो हुँदैन र ? तर, सबैको यो चहाना पुरा हुन्छ भन्ने छैन । अरुको इच्छा पुरा नभए पनि नेपाली चलचित्र क्षेत्रमा कान्छी अभिनेत्रीका रुपमा चिनिएकी निता ढंगानाको भने पुरा भएको छ अर्थात उनी ‘उर्बशी’ बिनेकी छन् ।
निता नेपाली चलचित्र ‘उर्वशी’ मा उवर्सी बनेकी हुन् । चलचित्रमा निताले मुख्य भुमिकामा अभिनय गरेकी छन् । निताले ‘उवर्सी’ मा अहिलेसम्मकै नयाँ भूमिका निर्वाह गरेको दावी गरेकी छन् । उनले भनिन्, ‘यो चलचित्रमा मैले आफ्नो क्षेमता देखाउने स्थान पाएको छु ।’ चलचित्रमा निता मायामा टड्पिएकी एक युवतिको भूमिकामा देखिँदैछिन् ।कक
चलचित्रबारे जानकारी गराउन आयाोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘चलचित्रमा छुच्ची र घमण्डी स्वाभावको भूमिकामा देखिँदैछु ।’ यसअघि गाला रातै गर्ल निताले चलचित्रको फरक अभिनयले दर्शकलाई मनोरञ्जन दिने बताइन् । ‘उवर्सी’ को निर्माण खगेश्वर पुनले गरेका हुन् । पुनको दश बर्Èपछि चलचित्रमा पुनरागमन भएको हो । निर्माता पुनले ‘उवर्सीबाट दर्शकको मााया पाउने अपेक्षा गरेका छन् ।

किसोर खतीवडा, अरणीमा लम्साल, निता ढुंगाना रश्मी भट्टलगायतका कलाकारको मुख्य अभिनय रहेको चलचित्रमा शंकर अधिकारी घायलको गीत तथा बिकास चौधरी, विरेन्द्र अग्रहरी, अर्जुन कौसलको संगीत छ । यसै चलचित्रमार्फत अरुणीमा चलचित्रमा पुनरागमन गर्दैछिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु