मोक्षको अडियो सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ३० मंसिर २०७०, आईतवार

काठमाडौं, ३० मंसिर । माघ २४ गते अल नेपाल प्रदर्शन हुने फिल्म ‘मोक्ष’को आइतबार अडियो सार्वजनिक गरिएको छ । निर्माता एवं बितरक सुनिल मानन्धरको पछिल्लो चलचित्र मोक्षलाई १६ वर्षअघि दुर्घटनामा परेर स्पाइनल कर्ड गुमाउन पुगेका संगीतकर्मी प्रविन श्रेष्ठको जीवन कथामा आधारित रहेर निर्माण गरिएको छ ।

बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरी निर्माता सुनिल मानन्धरले अडियो सार्वजनिक गरेका हुन् । कार्यक्रममा मोक्षका निर्देशक प्रविन श्रेष्ठको उपचारमा संलग्न रहेका डाक्टर वसन्त पन्त सहित स्वतन्त्र फोटो पत्रकार उÈा तितिक्षु र ‘मोक्ष’ यूनिटले फिल्मको एल्बम संयुक्त रुपमा विमोचन गरे । कार्यक्रममा गायक तथा फिल्मका मुख्य पात्र कोशिस क्षेत्री, गायक सञ्जिव सिंहले फिल्ममा समावेश गीत सुनाए । कार्यक्रममा ‘मोÔ’को प्रोमो तथा गीतका भिडियो समेत देखाइयो ।
विगत लामो वर्Èदेखि म्यूजिक भिडियो निर्देशक तथा सम्पादन गर्दै आएका प्रबिनले पहिलो पटक फिचर फिल्मको निर्देशन गरेका छन् । ‘मोक्ष’ नामको फिल्ममा प्रविनकै अपाङगता जीवन र सा“गीतिक संघर्षको करिअरलाई नाटकिय ढङगले प्रस्तुत गरिएको छ । दुर्घटना कसरी भयो ? प्रबिनले फिल्ममा नै सबै घटना उल्लेख गरेको बताए । मोक्षको कथाकार एवं सम्पादक प्रबिन स्वमय् हुन् । 13121532IMG_7619
कार्यक्रममा निर्माता मानन्धरले चलचित्र राम्रो बनाएको बताउ“दै मलाई फिल्म चलोस् नचललोस् मतलब छैन । मलाई मतलब छ त मेरो नामस“ग भने । सुनिलले अपाङगता भएर पनि म्यूजिक Ôेत्रमा नाम कमाएका प्रबिनस“ग सहकार्य गर्न पाउनु गर्वको कुरा रहेको बताए ।
‘मोक्ष’मा कोशिस सहित वेनिशा हमाल, विक्रम सिंह, दिपेश भण्डारी, मनिÈ गोदार, वसन्त भट्ट, दुर्गा बराइली, सपना श्रेष्ठको मुख्य भूमिका छ । सञ्जिव सिंह, नवक्ररान्ती समूह, धिलुङ् राई र प्रबिन श्रेष्ठको संगीत छ भने रविन श्रेष्ठ, प्रताप सिंह र हरी हुमागाइ“ फिल्मका सिनेम्याटोग्राफर हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु