मोडलिङसँगै गायनमा विपना

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०७३, सोमबार

फागुन ९, काठमाण्डौ । विपना थापा, नवप्रतिभाका रुपमा गायनमा प्रवेश गरेकी छन् । योभन्दा अगाडि उनी राम्रो कोरिग्राफी गर्दै आएकी थिइन् । तनहुँमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी विपना ¥याम्पमा हिंड्दा हिंड्दा धेरै कोरियोग्राफीको काम गरिसकेकी छन् । फेशन शो, स्कुल प्रिन्सेस, एसएलसी प्रिन्सेस, कलेज क्विन, सिन्ड्रेला नेपाल जस्तो कार्यक्रमहरुमा कोरिग्राफ गरेकी विपनाले ३५ भन्दा बढी म्यूजिक भिडियोमा अभिनयसमेत गरेकी छन् । उनको मोडलिङ र फेशन शो प्यासन नै बनिसकेको छ । तर गायनमा भने भर्खरै प्रवेश गरेकी हुन् ।

IMG_7554
तिम्रै नाउँमा यो जीवन बोलको गीत गाएपछि उनी संगीतको शिक्षा लिने तयारीमा छिन् । तर गायनभन्दा करिअरका लागि भने मोडलिङ नै बनाउने उनको सोच छ । जिन्दगी रमाइलोमै बितेको बताउने उनी यो क्षेत्रमा आएको छोटो समयमै प्रतिफल राम्रो पाएको बताउँछिन् । गीत गाएपछि सबैले अब गायिका नै बन्नुपर्छ, भोकल राम्रो रहेछ भनेर हौसला दिएको बताउँछिन् । गायनमा करिअर नदेखे पनि धेरैले गायनमै जानुपर्ने बताइरहेको विपना बताउँछिन् ।

IMG_7697
प्रमोद कोइरालाको शब्द र संगीतमा रहेको तिम्रै नाउँमा विपना आफैंले मोडलिङ समेत गरेकी छिन् । सामिम खानसँग उनले गरेको अभिनयलाई निर्देशक अर्जुन अधिकारीले पूर्णता दिलाएका छन् । राजन इशानको सम्पादन, हरि हुमागाइँको छायाँकन रहेको यस म्यूजिक भिडियोको ड्रेड डिजाइनर भने कमल मानन्धर हुन् ।

IMG_7514 IMG_7693 IMG_7680-1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु