मोडल सुरज गरे म्युजिक भिडियो निर्देशन

म्यूजिक खबर
प्रकाशित: १५ जेष्ठ २०७४, सोमबार

म्युजिक भिडियोमा अभिनय गरेर मोडलको भूमिका निभाउदै आएका सुरज अधिकारी अब निर्देशक बनेका छन् | गत बर्ष निकै चर्चित बनेका सेल्फी हानौलाका मोडल सुरजले गायक कुबेर नेपालीको “तिमी बाहेक अन्त कतै” बोलको गीतको म्युजिक भिडियो निर्देशन गरेर निर्देशनमा हात हालेका हुन् |

मोडलिङ संगै निर्देशनको पनि अनुभव बटुलेका सुरजले आगामी दिनमा पनि राम्रो काम पाए निर्देशन गर्ने बताए |

चर्चित गीतकार डीपी खनालको शब्द र शंकर थापाको संगीतमा रहेको यस गीतको म्युजिक भिडियोलाई जनक राज अधिकारीले खिचेका छन् | कलाकारहरु सनम निरौला, मुना कार्की, शेखर सुबेदी, रबिन्द्र प्याकुरेल, प्रकाश कुँवर, मोहन लामा लगाएतको अभिनय रहेको यो म्युजिक भिडियोलाई फुर्सदको साथी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ |

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु