म्युजिक भिडियोको लागि नेपाल आए कैलाश

म्यूजिक खबर
प्रकाशित: २४ माघ २०७०, शुक्रबार

काठमाडौं, २४ माघ । कैलास सिलवाल पेशाले टुर एन्ड ट्राभल्स्का व्यबसायी हुन । प्राय युरोप फ्रान्स, जर्मन, इटाली, स्पेन र डेनमार्क रहने उनको परिचय थापिएको छ, त्यो हो मोडलिङ ।

स्कुल देखि कलेजसम्म रँगमञ्चमा काम गरेका कैलास यतीबेल म्युजिक भिडियो मोडलिङमा लागेका छन् । फेसबुक मार्फत म्युजिक भिडियोको लागि प्रस्ताव आएपछि उनी सुटिङको लागि युरोपबाट हालै नेपाल आएका हुन् ।
हरि लम्सालको स्वर र सँगीत रहेको गीत ‘कागजमा लेखे च्यातिन सक्छ, ढुँगामा खोपे टुक्रिन सक्छ…’मा कैलासले मोडलिङ गरेका छन् ।
सो गीतमा आफु मोडल बन्नुको अनुभव उनले सुनाउँदै भने,‘मलाई हरिसरले मेरो फेसबुकमा फोटो हेरेपछि मोडलिङको प्रस्ताव राख्नु भयो । सोही गीतको म्युजिक भिडियोमा मोडलिङ गर्न म नेपाल आएको हुँ ।’ आउँदो शुक्रबार युरोप फर्कन लागेका कैलासले शनिबार मात्र यो म्युजिक भिडियोमा मोडलिङ सम्पन्न गरे ।
यस अघि थुप्रै नाटकमा काम गरेपछि म्युजिक भिडियोका मोडलिङमा उनी पहिलो पटक देखा पर्दैछन् । हरि हुमागाईले खिचेको यो भिडियोमा मोडलिङ गर्दा निकै रमाईलो लागेको अनुभव उनले सुनाए । प्रस्ताव आएको खण्डमा अरु पनि म्युजिक भिडियोमा मोडलिङ गर्न आफु नेपाल आउन सक्ने उनले जानकारी गराए ।
यो भिडियोको निर्देशन निकेश खडकाले गरेका हुन् । हाल यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरिरहेका छन् । काठमाडौंको बनस्थली निवासी मोडल कैलासलाई यो म्युजिक भिडियोमा मोडलिङमा तृष्णा बुढाथोकीले साथ दिएकी छन् ।
हरि लम्सालले आफ्नो एकल स्वरमा नयाँ गीतिसँग्रह चाँडै ल्याउँदै छन् । सोही गीतिसँग्रहमा पहिलो गीतको रुपमा यो भिडियो समेटिने छ । आफु अब युरोपबाट बन्ने विभिन्न म्युजिक भिडियोमा पनि मोडलिङ गर्ने मोडल कैलास सिलवालले जानकारी गराए ।

IMG_9047copy (1) IMG_9040copy (1)_1 IMG_8964copy

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु