यूएईमा कलाकारको जमघट । सुमनको समर्पण सार्वजनिक गरिँदै

म्यूजिक खबर
प्रकाशित: २४ बैशाख २०७१, बुधबार

काठमाडौं, २४ बैशाख । यूएईमा कार्यरत रहँदै आएका गायक सुमन सिङ्दान तामाङले आफ्नो स्वरमा सजिएको गीतिसंग्रह समर्पणको आगामी मे २३ तारिखकका दिन एक भव्य सांस्कृतिक कार्यक्रमका बीच विमोचन गर्ने भएका छन् । गायनमा लामो समयदेखि सक्रिय रहे पनि वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा रहँदै आएका सुमनले गीतसंगीतको विस्तारका खातिर नेपाली कलाकारहरुलाई जमघट गरेर आफ्नो गीतिसंग्रह समर्पणलाई सार्वजनिक गर्न लागेका हुन् । यूएईमै रहँदै आएका नेपाली कलाकारहरुको साथमा उनले सांस्कृतिक कार्यक्रम गर्ने भएका हुन् ।
नेपालमा रहँदा रुन्चे गायकको उपाधिसमेत पाएका गायक प्रकाश पौडेल, गायिका रेखा घिमिरे, गायक प्रम लङ्गुहाङ, किशोर सुनार, सुवास रानाभाटको साथ पनि समुनलाई रहने छ ।  त्यस्तै चक्र थापाले कार्यक्रमको संचालन गर्ने भएका छन् उक्त कार्यक्रममा बन्दना बस्नेत, विवश ठकुरी, सन्तोष लामा, विमल तामाङ, मिनुषा लामा, दुर्गा लिम्बू, माइली स्याङबोको नृत्य रहनेछ । प्रवासी नेपाली चालक सेवा समाजको आयोजनामा हुन लागेको उक्त सांस्कृतिक कार्यक्रमलाई नेपालीहरुले बुद्ध जयन्तीको अवसर पारेर ठूलो चाडका रुपमा लिएका छन् । उक्त कार्यक्रममा सुमनको समर्पण विमोचनका साथमा विभिन्न सांस्कृतिक प्रस्तुतिले नेपालीहरुलाई मनोरञ्जन दिने बताइएको छ ।
tket copy

 

samarpan

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु