रमेशराजको बबाल भो (फोटो फिचर)

म्यूजिक खबर
प्रकाशित: २५ चैत्र २०७०, मंगलवार

गोपिकृण्ण चापागाई काठमाण्डौं, २४ चैत । नेपाली लोकदोहोरी एवं आधुनिक क्षेत्रमा निकै नाम कमाएका गीतकार, संगीतकार एवं गायक रमेशराज भट्टराई यतिखेर चर्चाको सिखरमा रहेका छन् । संगीत क्षेत्रमा ५० जति लोकदोहोरी गीतसमेत गाइसकेका उनले अ‍ैगले आएर ‘बबाल भो’ आधुनिक गित बजारमा ल्याएर चर्चा बटुल्न सफल भएका हुन् । माया लाको उनले र मैले दुनियाँलाई के सवाल भो, आज फेरी पापी शहरमा बबाल भो, बबाल भो माथिका शब्दमा सजिएको उक्त गीत यतिखेर सबैको मुखमा गुनगुनाएको सुन्न पाइन्छ । यसभन्दा अघि उनका गीतहरु उसले जति माया तिमीलाई, मैले तिमीलाई चाहेर पनि, सँगै जीउने बाचा गरी, तिम्रो झुठो पिरतीमा जस्ता गीतहरुले पनि चर्चा पाइसकेका छन् । उनका गीतहरु सिआरबीटी डाउनलोडदेखि लिएर स्रोताहरुको माझमा चर्चायोग्य बन्न सफल भए । अवार्डहरु चुम्न पनि सफल भए । उनको रचना संगीत रहेको माथिका गीतमा स्वर अरुको भए पनि चर्चा भने उनले नै पाउन सफल भए । त्यस्तै उनी आफैंले गाएका चर्चित गीतहरु उपहार तिमीलाई म तरबार दिन्छु, मैले उनको सामु भन्न मात्र, तिमीलाई सम्झी रुने यो मन, तिम्रो झुठो पिरतीमा जस्ता पनि उत्तिकै सफल गीतहरु हुन् । भट्टराईको भर्खर बजारमा आएको बबाल भो गीत को भिडियोकोे भने गत बिहिबार सुटिङ सकिएको छ । लोक तथा आधुनिक गीति क्षेत्रमा निकै चर्चा कमाएका मोडलहरुद्वारा अभिनित बाबल भोको भिडियोले चर्चा कमाउने भट्टराईको भनाई छ । रमेशराज भट्टराईको शब्द, संगीत एवं स्वरमा रहेको उक्त गीत प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । उक्त गीतको भिडियोमा शंकर बि.सी. बिजय थापा, महेन्द्र गौतम, बब्बु थापा, नरेश क्षेत्री र नायिका प्रियंका कार्कीले अभिनय गरेका छन् । दिपक श्रेष्ठको कोरियोग्राफीमा सुदिप बरालले छायाँकन गरेका हुन् ।

shuting 8

 

shuting 7

 

shuting 6 shuting 4

 

shuting 3

 

shuting 2

 

shuting 1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु