राई इज किङ्ग धुम मचाउन मलेसिया आउँदै

म्यूजिक खबर
प्रकाशित: ८ असार २०७४, बिहीबार

असार ८, मलेसिया । प्रसिद्ध नेपाली गायक राजेश पायल राई ‘मकालु सांगीतिक सरगम’ले आयोजना गर्ने मलेसियाको महान चाड हरिरायको अवसरमा आफ्नो प्रस्तुति दिन मलेसिया आउने भएका छन् । मलेशियाको जोहोरबारु र मलक्का शहरमा कार्यक्रम गर्न लागिएको हो ।
उक्त कार्यक्रममा नेपालबाट राई इज् किङ्ग राजेश पायल राई लगायत अन्य चर्चित हाँस्य कलाकार दिनेश काफ्ले, लोक गायिका मिना लामा राष्ट्रिय कलाकारहरु रहने जानकारी आयोजकले दिएका छन । आयोजक ‘मकालु साङ्गितिक सरगम’ले आफ्नो पहिलो कार्यक्रम भएपनि पहिलाका कार्यक्रमहरू भन्दा भिन्ना तरिकाले प्रस्तुत गराउने र अझ थप बढी रौंनक बढाएर दर्शकहरूलाइ मनोरञ्जन् दिने आयोजक टिमको भनाई छ ।

Rajesh-payal-rai
राष्ट्रिय कलाकारको अलावा मलेसियामा स्थापित कलाकारहरुको पनि बेजोड नृत्य तथा साङ्गितिक कोसेली हरिरायको अवसरमा रहने तथा प्रवासमा रहे पनि मुलुकमा रहेको अनुभुती दिलाउने प्रयास आयोजकको रहेको जानकारी गराईएको छ । नेपाली संगीत क्षेत्रमा एकछत्र राज गरिरहेका राजेश पायल राईको बेजोड प्रस्तुत रहने सो कार्यक्रममा मलेसियामा मुस्लिम हरिरायको बिशेष सार्वजनिक बिदाको मौकामा गर्न लागिएको हो ।

कार्यक्रमको आयोजना मकालु सांगीतीक सरगम , मचेन्द्र लिम्बू, माया राई र गायक श्री राईले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु