राजेशको दर्शन नमस्ते २

म्यूजिक खबर
प्रकाशित: १८ आश्विन २०७०, शुक्रबार

नेपाली सुगम संगीत र फिल्मी गायनमा भर्सटाइल गायकको पहिचान बनाएका गायक राजेशपायल राईले आफ्नो करियरको १७ औं एल्बम ‘दर्शन नमस्ते २’ बिहीबारबाट श्रोतामाझ ल्याएका छन् । एल्बमको नेपाली फिल्मका महानायक राजेश हमालले राजधानीमा आयोजित एक कार्यक्रममाझ सार्वजनिक गरे ।

फिल्म तथा म्युजिक भिडियो निर्देशक मिलन चाम्सको निर्देशनमा गायक राजेशपायल र नायिका तथा मोडल हेमा श्रेष्ठद्वारा अभिनित ‘छैन तिमीबाहेक’ बोलको गीतको म्युजिक भिडियो पनि कार्यक्रममा देखाइएको थियो । खोटाङको बुईपामा जन्मिएर १३ वर्षको उमेरदेखि गायन क्षेत्रमा सक्रिय राजेशले हालसम्म ‘मुच्र्छना’, ‘पूर्वमा रंग चढेछ,’‘जष्ट फर यू’,‘लभलेटर’,‘बैगुनी रैछौ मायालु,‘निगाह’,‘जदौ’,‘कामना’,‘जदौ २’,‘दर्शन नमस्ते’,‘राई इज किङ’,‘तिमी नहुँदा’‘मूच्र्छना २’,‘जदौ ३’, ‘मेड इन नेपाल’ र ‘सेवारो’ गरी १६ एल्बम बजारमा आइसकेका छन् । १७ औं एल्बमलाई रञ्जना म्युजिकले बजार व्यवस्थापन गरेको छ ।

उनको एल्बममा ‘दर्शन नमस्ते २’,‘देउता भाकी’,‘ओके’,‘एटोम बम्ब’,‘आँखा झ्याम’,‘असतोमा सतगमय’,‘छैन तिमी बाहेक’,‘सन्तोषम परम सुखम’,‘मुटुमा झिर उनी’,‘ओ माइ लभ’ र ‘म त मन्दिरमा’ बोलका गीत छन् । राजेन्द्र थापा, अनिल स्थापित, सुरेश अधिकारी, नवराज लम्साल, नरेश भट्टराई, भुपेन्द्र खड्का, कुमार विवाहित र पदम किराँतीको शब्द रहेको एल्बममा महेश खड्का, कल्याण सिंह, सुरेश अधिकारी, बसन्त सापकोटा, राई नविन, सन्तोष राज र विनोद खम्बुको संगीत रहेको छ । कार्यक्रममा राजेशले ‘असतोमा सतगमय’, ‘ओके’, ‘एटोम बम्ब’लगायतका गीत गाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु