राजेशले ल्याए ‘आइतबार’ हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २९ जेष्ठ २०७५, मंगलवार

ज्येष्ठ २९, काठमाडौं । गायक राजेश राईको पुन नयाँ म्युजिक भिडियो बजारमा आएको छ । तोडियो , अर्खौले बजार, ए कान्छी जस्ता निकै उत्कृष्ट गीत दिएका गायक राईले यो पटक भने आइतबार नामक गीत लिएर दर्शक स्रोता माझ आएका हुन् । निकै फरक शैलीको यस गीतलाई सुरेश अधिकारिले संगीत भरेका छन् ।

लगभग २० बर्ष अगाडिनै यस गीतलाई स्वयम सुरेश अधिकारिले आफ्नो स्वरमा रेकोर्ड गराएका थिए । भोला श्रेष्ठको उत्कृष्ट शब्द रहेको यस गीतमा प्रेमिले आफ्नो प्रेमिकालाई हप्ता हप्ता दिन सम्म कुर्दा खेरी हुने शारिरिक तथा मानसिक अवस्थालाई समेटेका छन् । यस गीतमा विनय केटुको संगीत सम्योजन रहेको छ ।

आइतबारकै दिन पारेर रिलिज गरिएको यस गीतको म्युजिक भिडियोमा भिमफेदी गाईजले अभिनय गरेका छन् । सधैं फास्ट विटको गीतमा देखिने भिमफेदी गाईजले यस भिडियो मार्फत दर्शकलाई केही फरक स्वाद दिन खोजेका छन् । भिडियोमा निर्मल लामा र जेनिलिया श्रेष्ठको निकै उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

भिडियोलाई खिच्ने अनी निर्देशन गर्ने काम भने नेपालका निकै ब्यस्त म्युजिक भिडियो क्यामेराम्यान ज्ञानेन्द्र शर्माले गरेको हो यस अघि पनि राजेशको अधिकांश भिडियो खिच्ने र निर्देशन गर्ने काम शर्मालेनै गरेको देख्न सकिन्छ । भिडियोलाई पवन सुस्लिङ ९द मोन्टेजले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु