राधाको अविरा सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ७ मंसिर २०७१, आईतवार

काठमाडौं । गीतकार राधा पाण्डेको एकल रचनामा आधुनिक गीतिसंग्रह ‘अबिरा’ सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी अविराको सार्वजनिक गरिएको हो । पछिल्लो समयका चर्चित संगीतकारका रुपमा परिचित सन्तोष श्रेष्ठ, गोविन्दमधुर आचार्य र धन ज्ञाङगीको संगीत रहेको छ ।
एल्बममा गायिका मन्जु उपासना, विन्दु परियार, अश्मि रिसाल, गायक वीपी वाग्ले, विजय परियार र प्रकाश रेग्मीको स्वर रहेको छ । बाढी पहिरो आयो भन्छन्, एउटा रुप सजाको छु र धेरै पछि घुम्न आको जस्ता गीत समेटिएको छ । तीनवटा गीतलाई पुरुष स्वर महिला स्वरमा रेकर्ड गरिएको छ । एल्बम अबिरालाई गोल्डेन क्रियशनले बजार प्रबद्र्धन गरेको छ ।

abira radha

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु