राम रेप्चुङ कसलाई भन्दैछन् ‘छाइदेउ तिमी मेरो जीवनमा’

म्यूजिक खबर
प्रकाशित: ९ असार २०७४, शुक्रबार

असार ९, काठमाडौं । थुप्रै दुःख–सुख र सङ्घर्षका पाईलाहरु चाल्दै एक व्यावसायिक गीतकारको रुपमा आफुलाई चिनाउन सफल गीतकार राम रेप्चुङ्ले यतिबेला ‘छाइदेउ तिमी मेरो जीवनमा’ भनेका छन् ।
नेपाली गीत सङ्गीत क्षेत्रमा थुप्रै चर्चित गीत मार्फत स्रोताको मन मष्तिकमा राज गरेका राम रेप्चुङ राईको शब्द रहेको नेपाली लोक पप गीत ‘छाइ देउ तिमी मेरो जीवनमा’ सार्वजनिक भएको छ ।

ram11

गीतलाई युट्युव मार्फत सार्वजनिक गरिएको हो । गम्भीर विष्टको निर्देशनमा तयार भएको गीतको भिडियोमा नानी हङ्ग राई र सुष्मिता ढकाललाई फिचरिङ गरिएको छ । नरेश लिंग्देनको सङ्गीतमा गायक एकदेव लिम्बु र गायिका सुनिता थेगिम लिम्बुको संयुक्त स्वर रहेको गीतको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका छन् ।

२०६२ साल देखि यस क्षेत्रमा सक्रिय रहेका गीतकार रामले अहिले सम्ममा सयौं गीत रचिसकेका छन् भने २ सय भन्दाबढी रचनाहरु रेकर्ड पनि भईसकेका छन् । ‘मेरा अन्य गीत जस्तै ‘छाइ देउ तिमी मेरो जीवनमा’ले स्रोता–दर्शकको मन जित्नेमा म आशावादी छु’, रामले भने ।

भिडियोमा हेर्नुहोस्:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु