रेनुकाको ‘तिम्रो मायामा’मा आफ्नै कम्मर मर्काइ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ८ असार २०७४, बिहीबार

renuka-Thapa

असार ८, काठमाडौं  । पेसाले उनी नर्स हुन् । त्यसैले उनको दिनचर्या विमारीसँग हुनु पर्दथ्यो । तर, उनी आफ्नो म्युजिक भिडियो प्रमोसशनमा व्यस्त हुँदै आएकी छन् । हो, उनी अर्थात गायिका रेनुका थापाले नर्सको जागीरे जीवनलाई केही समयका लागि ताँती राखेर गायनलाई आत्मसाथ गरेकी छन् ।

रेनुकाले हालैमात्र ‘तिम्रो मायामा’ बोलको आफ्नो गीतलाई भिडियोमा ल्याएकी छन् । जसको हिजोआज उनले प्रमोशन गर्दै आएकी छन् । भिडियो प्रमोशनमा व्यस्त रहेकी रेनुकाले भनिन्, ‘गायनलाई प्राथमकिता दिन केही समयका लागि जागीर समेत छाडेकी छु ।’ हुन त उनी गायनमा रहरलेमा त्र आएकी होइनन् । विभिन्न संगीत गुरुहरुसँग संगीतबारे ज्ञान लिएर पोख्त भएपछि उनी यस क्षेत्रमा आएकी हुन् ।

रेनुकाले ‘तिम्रो मायामा’ बोल गीतलाई डान्सिङ बिटमा ल्याएकी छन् । भिडियोमा मोडलिङ समेत आफै गरेकी छन् । सुन्दरताको कुरा गर्दा कुनै हिरोइन भन्दा नदेखिने रेनुकाले गायन कला त प्रस्तुत गरिन् नै उनको डान्स हेरेर समेत दर्शक मख्ख हुनेछन् । गम्भीर विष्टले निर्देशन गरेको भिडियोमा गायिका रेनुकासँग गौरवले अभिनयमा साथ दिएका छन् ।

‘तिम्रो मायामा’ गीतमा रेनुकाको स्वर र अभिनय मात्र नभएर शब्द पनि उनैले लेखेकी हुन् । स्वरमा भने उनलाई गायक सन्तोष लामाले साथ दिएका छन् । ‘तिम्रो मायामा’ भिडियोलाई पबन गौतमले खिचेका हुन् भने नवीन निरौलाले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु