लाहुरेबाको छोरीले आँखै नलाउनी

म्यूजिक खबर
प्रकाशित: २६ कार्तिक २०७४, आईतवार

२६ कार्तिक, २०७४ काठमाडौं । गायिका कल्पना सुनुवारको प्रस्तुतिमा सुनखानी म्युजिक मार्फत बजारमा आएको गीत ‘लाहुरे बाको छोरीले आखै नालाउनी’ यतिबेला चर्चा बटुल्दै दर्शक श्रोताको मन जित्न सफल हुँदैछ, गायिका कल्पनाको दोस्रो गीतको रुपमा बजारमा आएको यो गीतलाइ सर्जक तथा गायक बिरही कार्कीले लय र शब्द सिर्जना गरेका हुन् ।

यो भन्दा अगाडी डाँडैमा बिजुली आयो गीत बजारमा प्रस्तुत गरेर सबैको मन जित्दै नब गायिकाको अवार्ड समेत जित्न सफल गायिका कल्पनाको पहिलो गीतमा पनि लय तथा शब्द गायक बिरही कार्कीले नै गरेका छन् । पहिलो गीत डाँडैमा विजुली आयोबाट निकै नै सफतला प्राप्त गरेकी कल्पनाको पहिलो गीत सन्देशमुलक पनि रहेको थियो । मौलिक र सरल गीत बनाउन सफल सर्जक तथा गायक बिरही कार्कीको साथ पाएर गीत संगीतमा ठूलो सफलता पाएकी गायिका कल्पनाले आगामी दिनमा भने के कस्तो गीत निकाल्नी हुन त्यो भने पर्खनु पर्ने छ ।

बिरही कार्कीसंग राम्रै सांगीतिक जोडी जमेको र दुवै गीत सफल भएको कुरा हामीलाई गायिका सुनुवारले बताएकी छन्, उनको गीत लाहुरे बाको छोरीले आँखै नलाउनेमा बहुचर्चित मोडलहरु दुर्गेश थापा र रश्मि तामाङ अभिनय गरेका छन् भने अजय रेग्मीले छायांकन र क्रान्ति केसीले निर्देशन गरेका छन्, बिरही कार्कीको आधिकारिक युटुब च्यानल बाट यो म्युजिक भिडियो लाई हेर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु