लोकगायक गन्धर्वको निधन

म्यूजिक खबर
प्रकाशित: २८ भाद्र २०७०, शुक्रबार

२०७० भदौ २८, म्यूजिकखबर
वरिष्ठ लोकगायक तीर्थबहादुर गन्धर्वको आज गएराति दुई बजेतिर छाउनी हस्पिटलमा निधन भएको छ । हिजो बेलुका एक्कासी रक्तचाप बढेपछि छाउनी हस्पिटल पुगेका गायक तीर्थबहादुर गन्धर्वको उपचारकै क्रममा निधन भएको हो । मधुमेहका विरामी समेत रहेका गन्धर्वले करिब दुई सयभन्दा बढी गीत गाइसकेका गायक गन्धर्वले दुई वर्ष अगाडि मात्र रेडियो नेपालको जागिरबाट अवकाश लिएका थिए ।

२०१० सालमा दुधेकुना तनहुँमा जन्मिएका गायक तीर्थबहादुर गन्धर्वका बल्ल प¥यो माकुरी जालैमा निकै चर्चित गीत हो । विशेषगरी मौलिक संस्कृतिमा आधारित रहेर समाजमा भएको घटनाक्रमलाई आधार मानेर गन्धर्व गीतहरु सबैभन्दा बढी गीत गाउन सफल गन्धर्व लोकसंस्कृतिको धरोहर नै मानिन्छन् । लोकगायक बमबहादुर कार्कीले दिएको जानकारी अनुसार उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान कमलादीस्थित प्रज्ञा भवनमा राखिनेछ । गन्धर्वको निधनप्रति म्यूजिक खबर डटकम हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतआत्माको चीर शान्तिको कामना गर्दछ ।

तीर्थबहादुर गन्धर्वले गाएको माकुरी जालैमा गीत तल हेर्नुहोस्

[youtube]http://youtu.be/qgT2KRasi5c[/youtube]

 

tirtha1 tirtha tirtha gandharba

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु