लोकदोहोरी गुरुङ समुदायको होः अध्यक्ष गुरुङ

म्यूजिक खबर
प्रकाशित: ६ आश्विन २०७४, शुक्रबार

६ असोज २०७४, काठमाडौं । नेपालभित्र गाइने लोकदोहोरी भनेको गुरुङहरुको भएको दाबी तमु कलाकार संघका अध्यक्ष राजु गुरुङले गरेका छन् । गुरुङहरुको रोधीबाट बाहिर आएको कारण लोकदोहोरी भनेको गुरुङहरुले यसको संरक्षण एवं सम्बद्र्धन गर्न जरुरी रहेको बताए । अरुले लोकदोहोरी मेरो हो भन्ने अधिकार छैन गुरुङले भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यसको संरक्षण गर्ने अधिकार छ तर लोकदोहोरी मेरो नै हो भन्ने अधिकार छैन । बडादशैं एवं शुभदीपावलीको शुभकामना आधार प्रदान एवं नेपाल टेलिकम अमर विरही गुरुङ एकल साँझ समापन कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले एकल साँझलाई सहयोग गर्ने सबैलाई आभार प्रकट गरेका थिए ।


कार्यक्रममा गायक अमर विरही गुरुङले आफू सधैं सबैको लागि हो भन्दै साझा भएको भए पनि एकल साँझको दिनबाट गुरुङ समुदायमा नजिक हुन नसकेको महसुस भएको बताए । अब आफ्नो समुदाय चाहिँदो रहेछ गायक गुरुङले भने मैले जिन्दगीभर साझा बाटो अपनाएर हिंडे तर आज त्यो बाटो गलत रहेछ, आफ्नो समुदाय छोड्न नहुने रहेछ भन्ने महसुस भएको छ । गायक गुरुङले एकल साँझ सम्पन्न गर्न तमु कलाकार संघ एवं यसका विभिन्न शाखा, परिषद्हरुको महत्वपूर्ण योगदान रहेको भन्दै आभार प्रकट गरेका थिए ।

त्यसैगरी कार्यक्रममा पत्रकार सुमन बैरागीले बोल्दै तमुहरुको एकजुटता देखेर लोभ लागेको बताउँदै समाजमा मिलेर बसेका हामी सबै पहिला नेपाली हौं त्यसपछि जातजातिको समुदायभित्र रहनुपर्छ भने । उनले अमर विरही गुरुङ एकल साँझ संस्थापक अध्यक्षका हैसियतले लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गर्नुपर्ने भए पनि तमु कलाकार संघले यसका चुनौती मोलेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि तमु ह्यूला छोजधीं राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले जातीय पहिचानका लागि २२ वर्षदेखि लडिरहेको बताउँदै जनजातिहरुले पहिला आफ्नो पहिचानका लागि बुझ्न आग्रह गरे ।
कार्यक्रममा एकल साँझमा सहयोग पु¥याउने प्रायोजक, कलाकार, मिडिया एवं विभिन्न संघसंस्थालाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा संघका महासचिव गणेश गुरुङले संचालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु