वर्षा र कालिप्रसाद वर्षको उत्कृष्ट

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७३, बिहीबार

चैत ३, काठमाण्डौ । संगीतकार कालिप्रसाद बास्कोटा र नायिका बर्षा राउत वर्षको उत्कृष्ट वर्ष व्यक्तिका रुपमा घोषित भएका छन् । फिल्मीखबर साप्ताहिकले आफ्नो स्थापनाको ८ औं वार्षिकोत्सवको अवसरमा संगीतकार कालिप्रसाद बास्कोटा र अभिनेत्री वर्षा राउतलाई ‘फिल्मीखबर वर्ष व्यक्ति’ बाट सम्मान गरेको छ ।

filmykhabar_
चलचित्र नाई नभन्नू ल ४ बाट डेब्यु गरेकी नायिका बर्षाले ‘छक्का पन्जा’, ‘जात्रा’ चलचित्रमा काम गरिसकेकी छिन् । मोडलिङ हुँदै चलचित्रमा प्रवेश गरेकी राउतले तीन चलचित्रमा काम गरिन् भने तीनै चलचित्र सफल पनि भए । यस्तै लामो समयदेखि संगीत दिँदै आएका संगीतकार कालीप्रसाद बास्कोटाका गीतहरु पछिल्ला समयका हिट भएका छन् । रेशम फिलिली, पुरानो डुङगा, लुट– २ र साइली जस्ता चर्चित गीतहरुमा संगीत स्वर दिएका छन् ।

kaliprasad_barsa
कार्यक्रममा प्रमुख अतिथिको नेपाली कांग्रेसका नेता तथा वनमन्त्री शंकर भण्डारीले चलचित्र क्षेत्रलाई आवश्यक बजेट विनियोजनका लागि पहल गर्ने तथा तत्कालै स्टुडियो बनाउन पहल गर्ने बताएका थिए । उनले चलचित्र उद्योगका लागि आफूले सकेको पहल गर्ने बताएका थिए ।

प्रविशा प्रकाशनका अध्यक्ष प्रदीपकुमार उदयको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै पत्रिकाका सम्पादक शान्तिप्रियले पत्रिकाले ८औं वर्षसम्म गरेको आरोह अवरोहको बारेमा बताउँदै चलचित्र उद्योगको एकमात्र पत्रिकाको रुपमा परिचित रहेको फिल्मीखबर साप्ताहिकको निरन्तरताको इतिहासबा बारेमा प्रष्ट पारेका थिए । चलचित्र उद्योगसँगै पत्रिकाको पनि भोलिको भविश्य जोडिएको बताउँदै उद्योगलाई अझ मजबुत बनाउनुपर्ने शान्तिप्रियले बताएका थिए ।

filmykhabar1_
सम्मान पाएपछि संगीतकार कालिप्रसादले आफ्ना चर्चित गीत गाएर सुनाए भने अभिनेत्री वर्षा राउतले सम्मानले आफूलाई अझै उर्जा मिलेको बताएकी थिइन् । त्यसैगरी राप्रपाकी केन्द्रीय सदस्य एवं नायिका रेखा थापाले पत्रिका नेपाली चलचित्र क्षेत्रका लागि फलदायी भएको बताइन् । आकाश अधिकारी, सन्दीप सापकोटा, प्रकाश सुबेदी लगायतले चलचित्र र रंग पत्रकारको सम्बन्धका बिषयमा आ–आफ्नो बिचार राखेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु