विमल र सन्जुलाई मज्जा अर्कै आउँछ

म्यूजिक खबर
प्रकाशित: २९ पुष २०७४, शनिबार

२९, पुष, काठमाडौं । गायक विमल परियार र गायिका सन्जु न्यौपानेलाई यो समयमा मज्जा अर्कै आउँछ रे । कुरा के होला कसो होला गीतसंगीत नबुझ्नेलाई भने अप्ठ्यारो स्थिति नै आइपर्छ । पछिल्लो समय चर्चामा आइरहेका यी दुईको नयाँ गीतले पनि मज्जा अर्कै आउँछ ।

सन्जु न्यौपानेको प्रस्तुतिमा “मज्जा अर्कै आउछ” गीत बजारमा आएदेखि नै चर्चामा पाइन्छ । खेम सञ्चुरीको शब्द र संगीत रहेको यस गीतमा विमल र सन्जुको स्वर रहेको छ । प्रकाश खडकाको छायांकनमा रहेको उक्त गीको निर्देशन भने बिक्रम चौहानले गरेका छन् । अशिम गुरुङ, स्वस्तिका तामाङ् र निरज लामाको उत्कृष्ट अभिनय रहेको छ । बि स्टार फिल्म प्रा.लि.ले बजार ब्यवस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु