वीर गोर्खाली बन्ने

म्यूजिक खबर
प्रकाशित: १३ माघ २०७०, सोमबार

काठमाडौं, १३ माघ । वीर गोर्खाली भन्ने वित्तिकै विश्वमा नै एक बहादुर नेपालीको पहिचान रहेको छ । यही बहादुर गोर्खालीको परिचयलाई अब चलचित्र ‘वीर गोर्खाली’मा उतारिने भएको छ । राजधानीमा एक कायृक्रमको आयोजना गरी वीर गोर्खालीको गाथामा आधारित रहेर फिल्म “वीर गोर्खाली” निर्माण हुन लागेको औपचारिक जानकारी गराईयो । फिल्म निर्माणको घोषणासँगै भारतीय ब्रीगेडिएर चन्द्र बि. खण्डुरीले “वीर गोर्खाली” निर्माण गर्ने कम्पनी “हाईट एण्ड डेफ्ट”को उद्घाटनसमेत गरे । कार्यक्रममा नेपाल भारत मानव विकास एवं मैत्री संघका केन्द्रीय अध्यक्ष तथा गान्धी ग्लोबल फेमिली नेपालका अध्यक्ष सुर्य भुषाल, अभिनेता आयुष रिजाल, अभिनेत्री गरिमा पन्त, रुपा राणा सहितको उपस्थिति रहेको थियो । यस चलचित्रलाई विमल पौडेलले निर्देशन गर्न लागेका हुन् ।
वीर गोर्खालीलाई रामहरी श्रेष्ठले निर्माण गर्न लागेका हुन । हाल प्रि–प्रोडक्सनमा रहेको फिल्म आगामी माघ २२ गतेबाट फ्लोरमा जाने कार्यक्रममा बताइएको थियो । चलचित्रमा नेपाली वीर गोर्खालीहरुको गाथा सहित फिल्ममा नेपाल र मित्र राष्ट्र भारत बिचको सम्बन्धलाई पनि देखाईने भएको छ । शिव घिमिरेको कथा रहेको यो फिल्म नेपालको चितवन, रसुवा सहित भारतको लखनऊ तथा गोर्खाली गाथा समेटिएको ठाउँहरुमा सुटिङ गरिने निर्देशक बिमल पौडेलले बताए । वीर गोर्खालीमा ब्रीगेडिएर चन्द्र बि. खण्डुरीको गीत रहने छ । संजयबाबु ढकाल प्रस्तुतकर्ता रहने यो फिल्ममा आयुष रिजाल, ईन्द्र गुरुङ, गरिमा पन्त , रुपा राणा, शम्भु थापालगायतको अभिनय रहने बताईएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु