वेवसाइट र युट्युव सार्वजनिक गर्दै एन्जिलाले मनाइन् जन्मदिन

म्यूजिक खबर
प्रकाशित: २९ असार २०७४, बिहीबार

cake-anjila ragmi

असार २९, काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सम्भावना बोकेकी गायिका एन्जिला रेग्मीले आफ्नो १९औँ जन्म दिन मनाएकी छन् । असार २८ गते परेको आप्mनो जन्मदिनको अवसरमा एकाविहानै मन्दिर दर्शन गर्दै उनले जन्मदिनको खुशीयाली शुरु गरिन् । सोही साँझ अनामनगर घट्टेकुलोचोक स्थित सिटी क्याफेमा केही नजिकका कलाकार तथा पत्रकारहरुको साथमा उनले पार्टीको आयोजना गरेकी थिइन् । समारोहमा निकै खुशी देखिएकी एन्जिलाले उपस्थित पाहुनाहरुलाई केक समेत खुवाएकी थिइन् ।

anjila ragmi-birthday
पार्टीमा उपस्थित पाहुनाले एन्जिलालाई जन्मदिनको शुभकामना दिएका थिए भने एन्जिलाले आफ्ना शुभेच्छुकका लागि भन्दै आफ्नै नामको वेवसाईट र युट्युव च्यानल सार्वजनिक गरेकी थिइन् ।

व्यक्तिगत नामबाटै सन्चालनमा ल्याइएको वेवसाईटको नाम www.anjilaregmi.com.np   रहेको छ । त्यस्तै युट्युव च्यानलको नाम पनि  Anjila Regmi (https://www.youtube.com/watch?v=rKtju5THHMc) नै रहेको छ ।

उनले एन्जिला रेग्मी भनेर मन पराइदिनुहुने, माया गरिदिनुहुने सबैलाई आफ्नो वेवसाइटको पेजमा लाइक गरिदिन र युट्युव च्यानलमा पनि सब्सक्राइब र शेयर गरिदिनुहुन अनुरोध गरेकी छिन् ।

कलिलो उमेरमै २०६४ सालमा भएको गायन प्रतिस्पर्धामा ‘बुटवल आइडल’को उपाधि समेत जितेकी एन्जिलाले लगभग ४० गीतमा स्वर भरिसकेकी छिन् ।

एन्जिलालाई जन्मदिनको लाखौंलाख शुभकामना अनि उनले शुरुवात गरेका वेवसाइट र युट्युव च्यानलले पनि सफलता पाउन् म्यूजिक खबरको तर्फबाट बधाई सहित सफताको कामना ।

anjila regmi-group

rameshraj bhattrai

Anjila regmi-Anita Chalaune-yojana puri

ranju sunam-anjila regmi

anjila regmi-Suman Bairagi

arpana shrestha-anjila regmi

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु