शाकिरा गाउनमा सेक्सी

म्यूजिक खबर
प्रकाशित: २८ चैत्र २०७०, शुक्रबार

लस एन्जलस, (एजेन्सी) । प्रायः ‘टु–पीस’ र ‘वानपीस’ पहिरनमा देखिने कोलम्बियन गायिका शाकिरा गाउनमा देखिएपछि सबै हेरेको हे¥यै भए । ग्रीन कलरको गाउनमा उनी धपक्क बलेकी थिइन्, जसले गर्दा ‘एकेडेमिक अफ कन्ट्री म्युजिक अवार्ड’ समारोहमा उनी आकर्षका बनेकी थिइन् । ३७ वर्षीया शाकिरा आइतबार अमेरिकामा सम्पन्न अवार्ड समारोहमा ब्लेन्क शेल्टनसँग गीत गाइन् तर गीतको भन्दा उनले लगाएको गाउनले बढी चर्चा पायो ।
कार्यक्रममा शाकिरा दुई रंगको गाउनमा देखिइन् । रेड कार्पेटमा ग्रीन गाउनका देखिएकी उनलाई स्टेजमा रातो रंगको गाउनमा देखिइन् । गाउन रिविलिङ आउटफिट्स भएकाले उनी निकै भड्किली देखिएकी थिइन् । आफ्नो कपालको रंग ब्राउन बनाएर उपस्थित भएकी शाकीराको मेक–अप भने नेचुरल देखिएको थियो ।
हालै आफ्नो नयाँ गीत ‘क्यानट रिमेम्बर टु फरगेट यु’ बोलको म्युजिक भिडियो लन्च गरेपछि शाकिरा विवादमा आएकी थिइन् । उक्त गीतले यौनहिंसामा सपोर्ट गरेको भन्दै कम्बोडियका एक संसदले प्रतिबन्द गर्ने माग गरेका थिए । त्यसपछि शकिरा पहिलोपटक भव्य सार्वजनिक कार्यक्रममा देखिएकी हुन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु