शिवको स्वरमा युवतीको व्यथा, हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २२ भाद्र २०७५, शुक्रबार

भाद्र २२, काठमाडौं । गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत ‘मलाई म जस्तै बन्न देऊ’को भिडियो सार्वजनिक भएको छ । गीतमा केटाको स्वर भएपनि कथा चाहिँ केटीको पस्किएको छ । सबैको मन छुने शैलीमा निर्माण गरिएको गीतको रचनाकार महेश आचार्य हुन् भने शिवकै संगीत रहेको छ ।
शिवको ‘शिवालय’ एल्बममा समावेश छ ।

गीतमा सुजिल कर्माचार्यले एरेन्ज र रविन दर्शनधारीको मिक्सिङ छ । गायक परियारले सधैंजसो बजारमा आएको गीत भन्दा फरक शैलीमा अहिलेको युवालाई लक्षित गर्दै गीत निकालिएको बताए ।

भिडियोमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कथा काठमाण्डू’की निर्देशक तथा सञ्चारकर्मी संगीता श्रेष्ठको निर्देशन छ । लुजा सिंहको छायांकन र भरत रेग्मीको सम्पादन गरेको भिडियोमा कृतिका काफ्लेले जिवन्त अभिनय गरेकी छिन् ।
भिडियो हेरौं :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु