शिवाकोटीको आमा गीतको शुटिङ सम्पन्न

म्यूजिक खबर
प्रकाशित: २७ चैत्र २०७३, आईतवार

गायक तथा संगीतकार किशोर शिवाकोटीको एल्बम ट्रिब्युट एल्बममा समावेश आमा बोलको गीतको म्युजिक भिडियो काठमाडौंमा छायांकन सम्पन्न भएको छ |
किशोर शिवाकोटीको आफ्नै शब्द संगीतमा तैयार यस गीतको म्युजिक भिडियोलाई भने किरण चाम्लिङले निर्देशन गरेका छन् | चाम्लिङ लामो समय देखि थिएटरमा आबद्ध छन् भने उनि नाटकका राम्रा निर्देशक तथा कलाकार समेत हुन् |

चर्चित कलाकार सरिता गिरि, सागर थापालगाएतको अभिनय रहेको यस म्युजिक भिडियोलाई नबिन बाबु गुरुङले छायाँकन गरेका हुन् भने प्रविन श्रेष्ठले सम्पादन गर्ने भएका छन् |
गायक शिवाकोटीले आफ्नै आमालाई सम्झिएर निर्माण गरेको यस गीत निकै भावुक रहेको र यसमा आफुले सक्दो राम्रो भिडियो निर्माण गर्ने कोसिश गरेको निर्देशक किरण चाम्लिङले बताएका छन् |

आगामी आमाको मुख हेर्ने औशीको तिथिमा यस म्युजिक भिडियोलाई सार्वजनिक गरिने निर्देशक चाम्लिङले बताएका छन् |

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु