शैक्षिक बेरोजगारीको पीडामा डेविड शंकर

म्यूजिक खबर
प्रकाशित: ९ चैत्र २०७३, बुधबार

चैत १०, काठमाडौं । मुलुकमा शैक्षिक बेरोजगराको पीडामा धेरै परेका छन् । त्यही पीडामा पर्ने क्रममा गायक डेबिड शंकर पनि परेका छन् । सुगम संगीतका स्थापित गायक डेविड शंकरको आफ्नै शब्द, संगीत तथा स्वरको ‘आईकम बिकम…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो विभिन्न टेलिभिजन च्यानलमार्फत एकै साथ प्रिमियर गरिएको हो । यो गीत गायक डेविड शंकरको दोस्रो एकल एल्बममा समावेश छ ।

17392672_1378459758885014_97149725_n

गोपाल रसाइलीद्वारा संगीत संयोजन गरिएको उक्त गीतको भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन् । गायक डेविड शंकरद्वारा नै अभिनय गरिएको उक्त भिडियोका सम्पादक तथा छायांकार पनि फराज अर्पण नै हुन् ।

भिडियोमार्फत नेपाली युवाको वर्तमान अवस्थालाई चित्रण गर्न खोजिएको छ । शैक्षिक बेरोजगारका कारण नेपाली युवा अझै पनि विदेशिन बाध्य छन् भन्ने सन्देश बोकेको भिडियोले कम समयमै दर्शकको मन जितेको छ । फार अवे इन्टरटेन्मेन्टले निर्माण गरेको उक्त भिडियोलाई हाइलाइट्स रेकर्ड्सले यूट्युवमा रिलिज गरेको हो ।

गायक डेविड शंकर पछिल्लो समय चलचित्रको पाश्र्व गायनमा पनि सक्रिय छन् । उनले विभिन्न तीन दर्जन नेपाली चलचित्रमा पाश्र्व गायन गरिसकेका छन् । चलचित्र ‘गोरे’ बाट पाश्र्व गायन प्रारम्भ गरेका गायक शंकरले पछिल्लो चलचित्र ‘पञ्जेबाजा’ सम्म आइपुग्दा पाश्र्व गायन गरेका चलचित्रको संख्या ३९ पुगेको हो ।

17440413_1378459975551659_1373111000_n

२०६२ सालमै पाँचथर आइडलको उपाधि जितेर सांगीतिक क्षेत्रमा सक्रिय भएका गायक शंकरले २०६४ सालमा पूर्वाञ्चल आइडलको उपाधि जितेपछि पछाडि फर्किएर हेर्नु परेको छैन । उनको पहिलो एल्बम ‘माई ड्रिम्स’ २०६८ सालमै बजारमा आएको थियो भने दोस्रो एकल एल्बम नया“ वर्षको अवसर पारेर सार्वजनिक हुने क्रममा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु