श्रेष्ठलाई ‘विन्ध्यवासिनी संगीत साधना सम्मान’

म्यूजिक खबर
प्रकाशित: ३ मंसिर २०७४, आईतवार

९ पत्रकारलाई विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार



३ मंसिर, काठमाडौं । विन्ध्यवासिनी फाउण्डेशनको आयोजनामा भएको विन्ध्यवासिनी सम्मान एवं संगीत साँझ तथा आठौं विन्ध्यवासिनी म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक कार्यक्रमका अवसरमा अग्रज गायक दीप श्रेष्ठलाई ‘विन्ध्यवासिनी संगीत साधना सम्मान– २०७४’ अर्पण गरिएको छ । गायक श्रेष्ठलाई ५० हजार रुपैयाँ राशिसहित सम्मान गरिएको हो ।
त्यस्तै सोही अवसरमा ‘विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार–२०७४’ बाट ९ जना पत्रकारलाई सम्मान गरिएको थियो । सम्मान हुनेहरुमा ध्रुव लम्साल, जीवन पराजुली, मधु शाही, विजय नेपाल, अमरध्वज लामा, अनुपा श्रेष्ठ, विष्णुप्रसाद गौतम, प्रतिमा श्रेष्ठ र रीता लिम्बु रहेका छन् । उनीहरुलाई नगद राशिसहित सम्मान गरिएको हो ।


गीत संगीत क्षेत्रको विकास र संगीतककर्मीको हितका लागि स्थापना भएको विन्ध्यवासिनी फाउण्डेसनले आयोजना गर्दै आएको म्यूजिक अवार्डको आठौं संस्करणमा पर्न सफल विभिन्न ३२ विधाका उत्कृष्ट पाँचको पनि सार्वजनिक गर्दै सर्टिफिकेट प्रदान गरेको थियो । मुक्तिनाथ विकास बैंकको प्रस्तुति आठौं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७४ आगामी पुस १५ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुनेछ । सोही अवसरमा विन्ध्यवासिनी म्यूजिक लाइफ टाइम अचिभमेन्ट अवार्ड, विन्ध्यवासिनी संगीत रत्न सम्मान, विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान र विन्ध्यवासिनी चलचित्र सम्मानसमेत प्रदान गरिनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु