संगीतकार खड्काले गरे दोस्रो विहे

म्यूजिक खबर
प्रकाशित: १२ कार्तिक २०७०, मंगलवार

पछिल्लो समयका चर्चित संगीतकार महेश खड्काले अब संगीतको चर्चाबाट टाढिएर विहेका चर्चामा आइपुगेका छन् । घरमा श्रीमती र एक छोरालाई छाडेर उनले कान्छि श्रीमतीका रुपमा मिनाक्षी कोइरालासँग विहे गरेका छन् । २०६५ सालमा श्रुति संगीत विद्यालयको पिकनिकमा जाँदा उनीहरुबीच प्रेम सम्बन्ध गाँसिएको थियो । पिकिनिकमा दिनभर रमाइलोसँग दिन बताएका उनीहरुले त्यसबेलादेखि प्रेमसम्बन्धमा दिनहरु बिताउन थालेका थिए । करिब पाँच वर्षको प्रेमसम्बन्धको बजारमा हल्ला हुन थालेपछि उनीहरु गत दसैंको टीकाको दिनमा विहेबारी गरेका हुन् । टीकाको दिन विधिपूर्वक काकाको घरमा मिनाक्षी भित्र्याएका महेशले हाल मिनाक्षीलाई लिएर बानियाटारमा बस्दै आएका छन् ।
मिनाक्षीले एक म्यूजिक भिडियो निर्देशन गरेकी छिन् । संगीतकार खड्का र मिनाक्षी मिलेर एमके म्यूजिक कम्पनी पनि सञ्चालनमा ल्याएका छन् । पहिलो श्रीमतीसँग खासै राम्रो सम्बन्ध नभएका कारण उनले दोस्रो विहे गरेको भन्ने हल्लाहरु बजारमा रहे पनि एक आपसमा मन मिलेका कारण लामोसमयको प्रेमसम्बन्धलाई सँगै जीउने वातावरण बनाएको टिप्पणी खड्काको छ । मिनाक्षी विराटनगरकी हुन् । आफूहरु सांगीतिक जीवनमा मिलेर अघि बढ्ने बाचासहित विहे गरेको बताउने खड्काले आफू दोस्रो विहे गर्ने पहिलो सेलीब्रेटी नभएको बताउँदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु