संगीतकार थापाको निधन । रहेन पुरानो डुंगा

म्यूजिक खबर
प्रकाशित: २१ चैत्र २०७०, शुक्रबार

काठमाडौं, २१ चैत । संगीत क्षेत्रमा क्रियाशील रहँदै आएका संगीतकार सुन्दर थापाको निधन भएको छ । कर्णदासले गाएको गीत पुरानो डुंगाको संगीतकार थापाको घाँटीको क्यान्सरका कारण ४१ वर्षको उमेरमा निधन भएको हो । कुनै समय नेपाली सांगीतिक क्षेत्रमा पोखरेली संगीतकारका रुपमा चर्चा कमाउन सफल थापाको चीनको ग्वान्जाउमा गत मंगलवार असामयिक निधन हुन पुगेको हो ।

नेपाली चलचित्र ‘कैदी’ मा संगीत दिएका थापाको ‘नमुना’, ‘सुकृति’, ‘आशय’ र ‘साधना’ गरी चार एल्बमसमेत प्रकाशनमा आएको छ । पूरानो डुङगा, व्यर्थै फेरी घाइते मुटु बल्झियो, पोखरा शहर हेर्दैमा राम्रो, त्यही प¥यो घर हाम्रो जस्ता कालजयी गीत दिन सफल संगीतकार थापाको हिजो विहीबार पोखरामा अन्तिम संस्कार गरिएको छ ।
व्यापारको सिलसिलामा चीनको ग्वान्जाउमा रह“दै आएका ४१ वर्षीया संगीतकार थापा घा“टीको क्यान्सरबाट पीडित थिए । नौ वर्षअघि नेपाल छाडेका सुन्दरले क्यान्सरको उपचार गराइरहेको भए पनि अन्नत उनको क्यान्सरकै कारण निधन हुन पुग्यो ।
संगीतकार सुन्दर थापाले संगीत गरेका गीतहरु कर्णदास, यम बराल, रामकृष्ण ढकाललगायतले गाएका छन् । दुई छोरीका बाबु रहेका संगीतकार सुन्दर थापा एनआरएन चाइनाका अध्यÔ समेत हुन् । संगीतकार थापाप्रति म्यूजिक खबरडटकम हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

[youtube]http://www.youtube.com/watch?v=iA_K8G0f5WE[/youtube]

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु