संगीतकार श्रेष्ठ र गीतकार अबिरल सम्मानित

म्यूजिक खबर
प्रकाशित: २१ आश्विन २०७०, सोमबार

एम मिडियाले राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘एम मिडिया संगीतकला सम्मान – २०७०’ बाट संगीतकार सन्तोष श्रेष्ठ र एम मिडिया रेडियो पत्रकारिता सम्मान २०७०बाट गीतकार राम अबिरललाई प्रदान गरेको छ । पछिल्लो समयमा चर्चाको शिखरमा रहेका संगीतकार श्रेष्ठलाई संगीतको क्षेत्रमा योगदान पु¥याएवापत एम मिडिया कला सम्मान २०७० बाट र गीत लेखनको क्षेत्रमा लोमो समयदेखि योगदान पु¥यावापत अबिरललाई सम्मान गरिएको हो ।
सञ्चार क्षेत्रमा क्रियाशील रहँदै आएको संस्था एम मिडियाले पहिलोपटक आयोजना गरेको सम्मान कार्यक्रममा संगीतकार श्रेष्ठ र गीतकार अबिरलका साथमा साप्ताहिकमा कार्यरत कृष्ण भट्टराई र नवराज वाग्लेलाई एम मिडिया पत्रकारिता सम्मान २०७० र एम मिडिया फोटो पत्रकारिता सम्मान २०७०, एम मिडिया रेडियो सिर्जनशिल पत्रकारिता सम्मान २०७० बाट शिरोमणी दवाडी, एम मिडिया टेलिभिजन पत्रकारिता सम्मान २०७० बाट सुस्मा श्रेष्ठ र रुपेश श्रेष्ठ, एम मिडिया युवा साहित्य सम्मान २०७० बाट साहित्यकार अमर न्यौपाने, एम मिडिया कलाकारिता सम्मान २०७० बाट कलाकार रामचन्द्र अधिकारी र लक्ष्मी भुषाल, एम मिडिया रङ्गकर्मी सम्मान २०७० बाट रङ्गकर्मी कृष्ण शाह यात्री, एम मिडिया गिती रचना सम्मान २०७०बाट गीतकार लोकराज अधिकारी, एम मिडिया गाायन कला सम्मान २०७० बाट गायक मनोज राज सेवा, एम मिडिया समाजसेवा सम्मान २०७० बाट पशुपति दगांल र शुशिलचन्द्र भण्डारी लाई प्रदान गरिएको छ । त्यसैगरी एम मिडिया खेलकुद सम्मान २०७० पारस खड्का, एम मिडिया लोकप्रिय रेडियो कार्यक्रम सम्मान २०७० बाट साथीसँग मनका कुरा रेडियो कार्यक्रम, एम मिडिया  सम्मान २०७० बाट हिमालय टेलिभिजन र एम मिडिया हास्यव्यंग्य सम्मान २०७० बाट हाँस्यकलाकार विष्णु सापकोटालाई सम्मानित गरेको छ ।
सम्मानितहरुको सिर्जनालाई मूल्यांकन गर्दै उनीहरुको योगदानको सम्मानार्थ एम मिडिया सम्मानबाट सम्मानित गर्न पाएकोमा आफू गौरवान्वित भएको एम मिडियाका अध्यक्ष पुरुषोत्तम चापागाईंले बताए । सम्मानितहरुलाई साहित्यकार श्यामदास वैष्णवको हातबाट सम्मान पत्र र खादा ओढाएर सम्मान गरिएको थियो ।

ram abiral

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु