संगीतकार सापकोटाले किन भने ‘जोवनदेखि दिक्क’ हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: ७ जेष्ठ २०७४, आईतवार

जेठ ७, काठमाडौं । चर्चित संगीतकार बसन्त सापकोटालाई यतिबेला जोबनदेखि दिक्क लागेको छ रे । सापकोटाका वास्तविक जीवनमा दिक्क भने भएका होइनन् । सयौं चर्चित गीतमा संगीत भरेका उनको स्वरमा ‘जोबन देखि दिक्क’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ ।

सार्बजनिक गीतमा उनलाई गायीका रन्जिता प्रसाईले साथ दिएकी छन् । थुप्रै चलचित्रहरुमा हिट संगीत दिएका बसन्तले यस अघि पनि केही गीतहरुमा आफ्नो स्वर भरेका थिए ।

रोमान्टिक शैलीमा निर्माण गरिएको अडियो तथा म्युजीक भिडीयोमा क्रिस्टल क्लाव्स क्रेवको रमाइलो प्रस्तुती रहेको छ ।
गायक सापकोटाकै शब्द तथा संगीत रहेको गीतमा प्रकास गुरुङको छायाँकन , नेत्र गुरुङको कलर तथा सम्पादन र सन्देस ठकुरीको फिएफएक्स देख्न सकिन्छ ।

 हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु