अलविदा अन्तरमनको यात्रा

म्यूजिक खबर
प्रकाशित: १४ कार्तिक २०७०, बिहीबार

कार्तिक २४, २०७० म्यूजिकखबर
साहित्यकार जगदीश घिमिरेको आज बिहान निधन भएको छ । लामो समयदेखि मल्टिपल माइलोमा रक्तक्यान्सरबाट पीडित घिमिरेको बिहान ६ बजे चाबहिलस्थित ओम अस्पतालमा निधन भएको हो ।   सात वर्र्षअघि सघन उपचारपछि रोकथाम गरिएको मल्टिपल माइलोमा (रगतको क्यान्सर) फेरि देखिएपछि उनलाई ३५ दिनअघि चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको थियो । घिमिरेलाई अङकोलोजिष्ट र हेमाटोलोजिष्टको निगरानीमा राखिएको थियो ।
शरीरमा रगतको मात्रा कम हुदै गएकोले हेमोग्लोविन चढाइएको थियो । उनलाई २०६३ सालमा मल्टिपल माइलोमाको संक्रमण देखिएको थियो । आफ्नो युवाकालमा जगदिश घिमिरेले “साविति” उपन्यास लेखेर चर्चा बटुलेका थिए । युवाकालपछि लामो समयसम्म उनी राष्ट्रिय र अन्तार्राष्ट्रिय गैरसकारी संस्थाहरुसँग आवद्ध भए । क्यान्सर देखिएपछि उनी फेरि साहित्य लेखनमा फर्किएका थिए । आत्मकथा बिधामा नेपाली वाङमयको भण्डारलाई धनी बनाउन उनको “अन्तरमनको यात्रा” निकै अनुकरणीय बन्न सफल भयो ।
क्यान्सरको पीडादायी उपचारसँग जुध्ने क्रममा नै  घिमिरेले यो किताब लेखेका थिए । अन्तर्मनको यात्राले मदनपुरस्कार समेत पाएको थियो । पोहोरसाल ऐतिहासिक तथा सामाजिक उपन्यास “सकस” बजारमा आएको थियो । त्यस्तै उनका लिलाम, बर्दी र जगदीशका कथाहरु जस्ता कृतिहरु प्रकाशित भएका छन् । उनको परिवारमा पत्नी दुर्गा, छोरा हिमाल र छोरी जुना छन् ।  घिमिरेको पार्थीव शरीरलाई आजै पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । म्यूजिक खबर डटकम उनको मृत आत्माका चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

rpbpast060 sakasrpbpast055

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु