सन्तोषको एउटै छ बाटो.. (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ३० जेष्ठ २०७४, मंगलवार

जेठ ३०, काठमाडौं । युवा गायक सन्तोष गुरुङले आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् | बासुदेव मुनालको शब्द तथा मोहित मुनालको संगीतमा रहेको ‘एउटै छ बाटो…’ बोलको गीतको म्युजिक भिडियो उनले सोमबार क्यानभास प्लसमिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् |

नविन के. श्रेष्ठले छायांकन गरेको म्युजिक भिडियोलाई ज्ञानेन्द्र गोपालीले सम्पादन गरेका हुन् भने गायक गुरुङले नै यस म्युजिक भिडियोलाई निर्देशन गरेका छन् | लोक कर्णेल र करुणा श्रेष्ठको अभिनय रहेको यस म्युजिक भिडियोले गायन संगै निर्देशनमा पनि अघि बढ्ने उर्जा मिल्ने उनले विश्वास गरेका छन् |

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु