‘सयकडा १०’ मा आफ्नै जीवनसँग मिल्ने चरित्रमा मनोज !

म्यूजिक खबर
प्रकाशित: २८ जेष्ठ २०७५, सोमबार

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलको प्रमुख भूमिका रहेको फिल्म ‘सयकडा दश’ को सुटिङ प्याकअप भएको छ । मनोजलाई यसअघि पनि धेरै फिल्ममा अभिनयको अफर आएका थिए । तर उनी कुनै फिल्ममा पनि देखिएनन् । तर ‘सयकडा १०’ मा आफ्नो चरित्र वास्तविक जीवनसँग मिल्ने भएकाले पनि उनले अभिनयका लागि सहमति दिएको बताए।

छायांकन सकिएसँगै निर्माताले अमृत ढुंगाना र डेब्यु गर्ल करुणा श्रेष्ठ फिचर्ड तस्बिर सार्वजनिक गरेका छन् ।

काठमाडौं, पोखरा, सिन्धुली र पाँचथरमा खिचिएको यस फिल्ममा पहिलोपटक अमृत र करुणाले जोडी बाँधेका हुन् । मंसिरमा रिलिज लक्ष्य राखिएको फिल्मलाई त्यसअगाडि च्यारिटी अभियान चलाउने तयारी गरिएको छ ।

भ्रष्टाचारविरुद्ध सदाचार समाज निर्माणका लागि पात्रले गर्ने संघर्ष यसको केन्द्रिय द्वन्द्व हो । ुप्रेमगीत २ु फेम निर्देशक रामशरण पाठक निर्देशित फिल्मले भ्रष्टाचारले सम्बन्ध र परिवारमा पार्ने प्रभावको कथा बोल्छ ।

यसमा राजाराम पौडेल, रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौलाको पनि अभिनय छ । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनेको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् ।

रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दीलिप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको संगीत छ । युट्युवस्टार गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशला गुरुङ र सन्देश पाठकसँग सहकार्य गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु