सरकार मौन भएपछि सडकमा कलाकार, मागप्रति अडान कायमै

म्यूजिक खबर
प्रकाशित: १६ चैत्र २०७०, आईतवार

एमपी सुब्बा

काठमाडौं, १६ चैत । नेपाली लोक दोहोरी क्षेत्रका कलाकार सडकमा उत्रिएका छन् । मृतक गायिका मञ्जु महतको परिवारले राहत नपाएसम्म सडक आन्दोल जारी राख्ने उनीहरुले बताएका छन् । बिहान ११ बजेदेखि लोक तथा दोहारी गीत प्रतिष्ठानको अगुवाईमा २ सय भन्दा बढी लोक कलाकार सोह्रखुट्ट्ेस्थित गल्कोपाखामा सडक जाम गरेर आन्दोलन गरिहेका छन् । मृतक मञ्जुको शव अस्पतालमै छ । माइक्रोले ठक्कर दिएर गम्भीर घाइते भएकी मञ्जुलाई शनिबार दिउँसो ४ बजे अस्पतालले मृत घोषणा गरेको थियो । सम्पूर्ण कलाकार सडकमा उत्रिएपछि मञ्जुको शव अस्पतालमै वेवारिसे भएको छ । मृतकका परिवारले २० लाख रुपैयाँ तथा उनका छोरा छोरीको पालन पोषण गरिदिनु पर्ने माग राखेका छन् ।
मृतक गायिकाको ६ वर्षीया छोरी र १८ महिनाको एक छोरा छन् । राहतका विषयमा अहिले सोह्रखुट्टे प्रहरी प्रभागमा प्रतिष्ठान र गंगबु माइक्रो व्यवसायी समितिसँग छलफल भइरहेको छ । तर, व्यवसायी समितिले २० लाख रुपैयाँ दिन असर्मथन जनाउँदै आएका वार्ता टोलीमा संलग्न पत्रकार डिबी खड्काले बताए । राज्यले वास्ता नगरेका कारण पनि पीडित परिवारले समयमै राहत पाउन नसकेको मृतक परिवारले आरोप लगाएका छन् । गायिका मञ्जु पछिल्लो समय ददायमान कलाकार हुन् । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी प्रथम उपाध्यक्ष समेत रहेकी मञ्जुले ७० भन्दा बढी गीतमा स्वर दिएकी थिइन् भने ३५ भन्दा बढी लोक गीतमा अभिनय गरेकी छन् । पछिल्लो समय पढ्यो पढ्यो पाठ, सोह्र दुना आठ गीतमार्फत लोक दोहोरी क्षेत्रमा चम्किएकी मञ्जु स्टेज क्विनका रुपमा समेत चिनिन्थिन् । लोक गीतमार्फत छोटो समयमै अहम योगदान पु¥याएकी मञ्जुको मृत्यप्रति सरकारले समेत राहत दिनु पर्ने उनका परिवारले माग गरेका छन् ।

P1030663 P1030660 P1030657 P1030655

CIMG0485

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु