सलमानकी गर्लफ्रेण्ड मुम्बई फर्किएको खुलासा

म्यूजिक खबर
प्रकाशित: १४ मंसिर २०७३, मंगलवार

एजेन्सी । बलिउडका चर्चित नायक सलमान खान र उनकी प्रेमिका लुलिया बन्तुर बिचको प्रेम सम्बन्धले चर्चा पाइरहेका बेला पछिल्लो समयमा यी दुईको ‘ब्रेकअप’को समाचारले सलमानका फ्यानहरुलाई निराश बनाइदिएको छ । एयरपोर्ट होस् वा कुनै पार्टी समारोह यी दुई उकसाथ देखिंदै आएका यी असमझदारीका कारण एक अर्काको प्रेमबाट अलग भएका छन् ।
प्रेम वियोगको पिडाका कारण सलमान खानलाई छाडेर युलिया बन्तुर आफ्नै देश रोमानिया ३ महिना अगाडि नै फर्किएकी थिइन् । तापनी पनि उनि यतिबेला मुम्बई मै रहेको जानकारी प्राप्त भएको छ । मुम्बईमा अवस्थितसैलुनमा उनले कपाल काट्दै मोबाइलमा व्यस्त रहेकी यूलिया बन्तुरको फोटो समेत सार्वजनिक भएको छ । luliya-bantur

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु