सहयोगीलाई डी सिने अवार्डको धन्यवाद

म्यूजिक खबर
प्रकाशित: १८ मंसिर २०७०, मंगलवार

काठमाडौं । गत कार्तिक १० गतेका दिन नेपाल एकेडेमीको हलमा सम्पन्न भएको एचटीभी फिल्मीखबर डि सिने अवार्ड २०७० को सोमबार धन्यवाद कार्यक्रम गरिएको छ । एचटीभी फिल्मीखबर डी सिने अवार्डमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पु¥याउने सहयोगी हातहरु एवं मनहरुलाई धन्यवाद दिनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको अवार्डका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।
डिजिटल प्रविधिमा बनेका चलचित्रहरुलाई समावेश गर्दै डिजिटल फिल्म अवार्ड गरिँदै आएको यो पाँचौ वर्ष हो । पाँचौं वर्षसम्म डिजिटल फिल्म अवार्ड गर्दाका अनुभवसँगै यहाँसम्म ल्याइपु¥याउने संघसंस्था एवं सञ्चारकर्मीहरुलाई धन्यवाद दिनका लागि यो कार्यक्रमको आयोजना गरिएको थियो । पाँचौं एनटीभी फिल्मीखबर डी सिने अवार्ड सम्पन्न गर्नका लागि सहयोग पु¥याउने हिमालय टेलिभिजन, स्टार एफएमलगायतका सम्पूर्ण सञ्चारमाध्यम, त्यस्तै अवार्डलाई सफल बनाउनका लागि प्रत्यक्ष रुपमा सहयोग पु¥याउने सहयोगी संस्थाहरु, त्यस्तै अवार्ड कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई रोचकता प्रदान गर्ने कलाकारहरुलाई धन्यवादसहित कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
त्यस्तै अवार्डलाई निष्पक्ष र विवादरहित ढंगले सफल बनाउनका लागि निर्णय प्रदान गर्ने जुरीहरु चलचित्र लेखक निर्देशक मोहन निरौला, संगीतकार सन्तोष श्रेष्ठ, चलचित्र पत्रकार विजयरत्न तुलाधर, चलचित्र छायाँकार सवनम मुखियालाई पनि धन्यवाद सहित सम्मान गरिएको थियो । कार्यक्रम अवार्डका निर्देशक प्रदीप कुमार उदयको सभापतित्वमा सम्पन्न भएको थियो भने अवार्डमा महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु